सिन्धुपाल्चाेक पहिराेः पाँच जनाको शव फेला, ३८ जना वेपत्ता(नाम सहित)

सिन्धुपाल्चाेक पहिराेः पाँच जनाको शव फेला, ३८ जना वेपत्ता(नाम सहित)

  • शुक्रबार, साउन ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

सिन्धुपाल्चोक, ३० साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर २, गोल्चे लिदीमा गएको पहिरोमा हालसम्म पाँच जनाको शव फेला परेको छ। मृतकहरुको पहिचान भने खुल्न सकेको छैन ।
शुक्रबार बिहान साढे ६ बजे गएको पहिरोमा परी ३८ जना वेपत्ता भएको गाउँपालिकाले जनाएको छ ।पहिरोमा परी बेपत्ता भएकामध्ये ५ जनाको शव भेटिएको पुष्टि गरे पनि विस्तृत विवरण भने प्राप्त नभएको सिन्धुपाल्चोक प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

सभामुख अग्नि सापकोटासँगै पुगेका नेपाली सेनाको टोलीले गम्भीर घाइते भएका पाँच जनाको हेलिकप्टरबाट उद्धार गरेको छ । घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि सदरमुकाम जिल्ला अस्पताल चौतारा र काठमाडौंको सिभिल अस्पताललगायतका स्थानमा उपचार भइएरहेको छ। घटनास्थलमा नेपाली सेनाले बेपत्ताहरुको खोजी गरिरहेको छ।

सभामुख अग्नि प्रसाद सापकोटासहितको टोली पनि घटनास्थल पुगेर उद्धार कार्यमा जुटिरहेका छन्। बस्तीमाथिको डाँडो भासिएपछि १३ घर पूरै पुरिएको र कम्तीमा ३० घरमा आंशिक क्षति पुगेको गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले जानकारी दिए । पहिरोबाट १५ जना भने सकुशल बाहिर निस्कन सफल भएको नेपालले बताए ।

बेपत्ता हुनेहरुको सूची
१. छविलाल दोङ
२. सोमरानी दोङ
३. धनलक्ष्मी
४. शिरमाया दोङ
५. विवरानी दोङ
६. साहिँली दोङ
७. बिबी लक्ष्मी
८. सानुकान्छा
९.  साङलामो दोङ
१०. सोनाम दोङ
११. हिरा भक्ति
१२. जीते झाँक्री
१३. सानुकान्छी दोङ – गर्भवती
१४. दिन्दुस दोङ
१५. सुरज दोङ
१६. करेसमाई दोङ
१७. च्यामा दोङ
१८. सानु दोङ
१९. टीकामाई दोङ
२०. छिरिङ दोङ
२१. मानबहादुर दोङ
२२. जयबहादुर दोङ
२३. प्रिया दोङ
२४. प्रीति दोङ
२५. कान्छी दोङ
२६. सानुकान्छी दोङ
२७. वाङ्ची लामा दोङ
२८. धनमाया तामाङ दोङ
२९. रेनिस दोङ
३०. मेकमाई दोङ
३१. मिलन दोङ
३२. विमला दोङ
३३. माइला पराङ
३४. प्रकाश दोङ
३५. साइली दोङ
३६. आयुश दोङ
३७ . सुवास तामाङ
३८. टीकामाई दोङ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ