साउन ३० काठमाण्डौं । सिन्धुपालचोकको जुगल गाउँपालिका २ लिदीको लामाचौरमा भीषण पहिरोजाँदा १३ घर पुरिएका छन् । पुरिएका मध्य ५ घरका मानिस सम्पर्कबिहीन रहेको गाँउपालिकाले जनाएको छ । ५ घरका २१ जना मानिस वेपत्ता रहेको स्थानीयले बताए पनि आधीकारीक पुष्टी हुन सकेको छैन ।
आज बिहान करिब साढे ६ बजेतिर पहिरो गएको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
पहिरोबाट पीडितहरु भागेर डाडामा चढेर बसेका छन् । केही मान्छे अझै सम्पर्कमा आईरहेको गाँउपालिकाका योजना अधिकृत राम बाबु नेपालले जानकारी दिए ।
पहिरोले त्यस ठाँउका अन्य ३० घर जोखिममा परेको पनि अधिकृत नेपालले बताए ।
भौगोलिक विकटता र भिरालो जमिनका कारण माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भइरहेको छ ।
स्थानीयहरु उद्धार गर्न जानसक्ने अवस्थामा छैनन् । नजिकै कुनै गाउँ नभएको र प्रहरीपनि पुग्न नसकेकाले उद्धारमा समस्या भएको छ ।
गाँउपालिकाका अध्यक्ष हरी नारायण श्रेष्ठ सहितको टोली उद्धारको प्रयासमा लागि परेको छ । हेलकप्टर मार्फत उद्धारको प्रयास भईरहेको छ ।
सिन्धुपालचोकमा पटक पटक पहिरोले बितण्डा मच्चाउदै आएको छ ।