साउन २९ बीरगञ्ज । अहिले देशभर जनप्रतिनिधि कोरोना संक्रमित हुने क्रम बढेको छ । पर्साको पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादव कोरोना संक्रमित भएको छन् ।
गंभीर विरामी परेर काठमाण्डौंमा उपचारका लागि ल्याईएका मेयर यादवले अस्पतालको बेडबाटै आफ्नो फेसबुक पेजमा एक पोष्ट लेख्दै आफू संक्रमित भएको जानकारी गराएका छन् ।
स्वास्थ्यमा क्रमिक सुधारले आफ्नो आत्मबल बढेको भन्दै उनले आम नगरवासीलाई सरकारले तोकेको मापदण्ड पालना गर्न नगरवासीमा अपील गरेका छन् ।

स्वास्थ्य बिग्रिएपछि गत शुक्रबार उनी वीरगन्जको तराई अस्पतालमा भर्ना भएका थिए । त्याहाँबाट थप उपचारका लागि उनी सोमबार हेलिकप्टरमार्फत काठमाडौंको मेडिसिटीमा गएका थिए । मेडिसीटी पछि उनलाई ह्याम्समा सारीएको थियो । चिकित्सकका अनुसार मेयर यादवमा स्वासप्रश्वासको समस्या र खकारमा रगत देखिनुका साथै फोक्सोमा निमोनियाको संक्रमण र अक्सिजनको पाईएको थियो ।
अहिले उनको ह्याम्स अस्पतालमा उपचार भईरहेको छ ।