साउन २९ काठमाण्डौं । कोरोनाले लगातार गंभीर रुप लिदै गए पछि देशभर आईसियु र भेन्टिलेटरको अभाव हुन सक्ने चिन्ता बढेको छ । अझ खास गरी लक्षण सहितका कोरोना संक्रमित बढ्न थाले पछि आईसीयु र भेन्टिलेटरको संख्याबारे चासो बढेको छ ।
त्यसै पनि कोरोना बिशेष अस्पतालको अभाव भईरहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना लक्षित गरेर तयार पारिएका भेन्टिलेटर र आईसीयुको संख्या सरकारले सार्वजनिक गरेको छ । जस अनुसार देशभर कुल ९ सय ४२ आईसीयु रहेको छ भने ४ सय ९६ भेन्टिलेटर रहेको छ । यो बाँकी जम्मै प्रदेशको जोड्दा पनि बढी हुन आउछ ।
यो मध्य सबै भन्दा धेरै बागमति प्रदेशमा रहेको देखिएको छ ।
मन्त्रालयको विवरण अनुसार प्रदेश १ मा ४३ आईसीयु रहेको छ भने १९ वटा भेन्टिलेटर रहेको छ ।
यस्तै प्रदेश २ मा ४५ वटा आईसीयु र १७ वटा भेन्टिलेटर रहेको छ ।
प्रदेश ३ मा ६ सय ३० आईसीयु र ३६१ भेन्टिलेटर रहेको छ ।
गण्डकी प्रदेशमा एक सय ३७ आईसीयु रहेको छ भने ५९ वटा भेन्टिलेटर रहेको छ ।
प्रदेश नं ५ मा २९ आईसीयु रहेको छ भने १३ वटा भेन्टिलेटर रहेको छ ।
कर्णाली प्रदेशमा ४० वटा आईसीयु रहेको छ भने १७ वटा भेन्टिलेटर रहेको छ ।
यस्तै सुदुरपश्चिम प्रदेशमा १८ वटा आईसीयु र १० वटा मात्रै भेन्टिलेटर रहेको छ ।
भेन्टिलेटर, आईसीयु सहितको व्यवस्थित कोरोना अस्पताल अझै थप्नु पर्ने चिन्ता सरोकारवालाहरुले गर्दै आएका छन् ।