कोरोना बढे पछि काठमाण्डौ भित्र आउन र बाहिर जान आजबाट रोक ( सूचना सहित )

कोरोना बढे पछि काठमाण्डौ भित्र आउन र बाहिर जान आजबाट रोक ( सूचना सहित )

  • बिहिबार, साउन २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 22.6K
    SHARES

साउन २९ काठमाण्डौं । कोरोना संक्रमण बढे पछि काठमाण्डौ भित्रिन र बाहिर जान आजबाट रोक लगाईने भएको छ ।

गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास पूर्ण रूपमा बन्द गरेको हो।
गृहमन्त्रालयले अर्को व्यवस्था गरे पछि मात्रै काठमाण्डौं भित्र र बाहिर आउ जाउ गर्न पाईने छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले सूचना जारी गर्दै काठमाण्डौ आउन र बाहिर जान बन्द गरिएको जनाएका छन् ।

गृह मन्त्रालयले साउन २८ गते पास वितरण बन्द गर्न ७७ जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो।
यस अवधिमा अत्यावस्यक सामान बोकेका गाडी र एम्बुलेन्सलाई भने आउन जान दिईने छ ।
पछिल्लो समय काठमाण्डौमा दैनिक सय भन्दा बढी कोरोना संक्रमित बढीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ