साउन २९ काठमाण्डौं । पार्टी भित्रको लामो समयदेखिको विवाद साम्य पार्ने प्रयास स्वरुप नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता शुरु भएको छ ।
९ दिन पछि पहिलो पटक भेटवार्ता भएको हो ।
यस भेटवार्तामा सचिवालयको बैठक बस्नु पर्ने ओलीको प्रस्ताव र स्थायी समितिको बैठक जारी राख्नु पर्ने प्रचण्डको प्रस्तावमा सहमतिका लागि प्रयास हुने स्रोतले बताएको छ ।
दोस्रो तहका नेता, सांसद र कार्यकर्ताले पार्टी नफुटाउन र एकताका लागि दबाब दिई रहे पछि लचकता अपनाउदै सहमति जुटाउने प्रयासमा ओली दाहाल जुटे पनि अझै सम्म सहमति हुन सकेको छैन ।
असार १० मा शुरु भएको स्थायी समितिको बैठक पटक पटक स्थगित हुदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline