साउन २८ काठमाण्डौं । नेपालमा कोरोना भाईरसबाट एकै दिन पहिलो पटक ८ जनाको ज्यान गएको छ ।
आज मृत्यु हुनेमा ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत काठमाडौंको टेकुकी ७८ वर्षीया महिला रहेकी छन् ।
साउन २६ गतेदेखि किस्ट अस्पतालमा उपचाररत उनी मधुमेह, रक्तचापका समस्याबाट पीडित थिइन् ।
त्यसैगरी धादिङ निलकण्ठ नगरपालिका १४ निवासी ३२ वर्षीय पुरुषको हिजो ह्याम्स अस्पतालमा मृत्यु भएको थियो ।
धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका १ निवासी ७१ वर्ष पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु साउन २८ गते मृत्यु भएको हो ।
त्यसैगरी साउन १८ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेकी धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका ८ की ३८ वर्षीया महिलाको कोरोना संक्रमणबाट साउन २८ गते मृत्यु भएको हो ।
त्यसका साथै सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका ८ घर भएका ७२ वर्षीय पुरुषको साउन २७ गते मृत्यु भएको छ । उनी थाइरोड तथा मधुमेहका तथा मुटुरोगी थिए ।
यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाा क्रममा मोरङ बुढीगंगा गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको साउन २८ गते कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
त्यसैगरी कपिलवस्तु नगरपालिका २ तौलिहवा निवासी ४२ वर्षीय पुरुषको आजै कोरोनाका कारण मृत्यु भएको छ । ज्वरो तथा निमोनिया भइ उनी बुटवलको कोरोना विशेष अस्पताल भर्ना भएका थिए ।
बारा जिल्ला कलैया उपमहानगरपालिका निवासी ७५ वर्षीय पुरुषको आजै किष्ट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । उनी साउन २६ गते अस्पताल भर्ना भएका थिए ।
नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।