३ दिन मै ५४ जनामा कोरोना संक्रमन ,सुनसान बन्यो रौतहट

३ दिन मै ५४ जनामा कोरोना संक्रमन ,सुनसान बन्यो रौतहट

  • मङ्लबार, साउन २७, २०७७
  • सन्जय सहनी

  • 13.1K
    SHARES

२७ साउन, रौतहट । रौतहटमा को गरुडा ,गौर ,कटहरिया र राजदेबीमा कोरोना संक्रमण हुनेको संख्या बढेपछी रौतहटमा त्रास फैलिएको छ।
तिन दिनयता रौतहटमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भए पछि जिल्ला बासीमा त्रास फैलिएको हो।
आइतबार गौर नपाको १५ जनामा संक्रमण देखिएको थियो भने सोमबार एकै दिन राजदेवीमा १९ रौतहटको राजदेवी नगरपालिकाका कोरोना संक्रमित वडाध्यक्षको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गर्दा थप १९ जनामा संक्रमण पुष्टि भएको थियो ।
साउन ११ गते संक्रमण पुष्टि भएका वडाध्यक्षको सम्पर्कमा आएका १४४ जनाको स्वाब परीक्षण गरिएकोमा सोमबार १९ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बताए । संक्रमित हुनेमा राजदेवी नगरपालिका(४ बसतपुरका १४ जना र अन्य वडाका ५ जना छन् । यसअघि उनको सम्पर्कमा आएका १७ जनाको पीसीआर परीक्षण गर्दा साउन २० मा ४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । १९७ जनामा कटहरीयामा ९ जनामा संक्रमण देखिएको थियो ।
मंगलबार आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोन संक्रमण पुष्टि भएको गरुडा नगरपालिकाका स्वास्थ्य संयोजक आनन्द जयसवालले जानकारी दिए ।
जयसवालका अनुसार साउन २२ गते ७९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौडा पठाइएकोमा एकमहिला सहित ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।अहिले रौतहट पुर्न रुपले लकडाउन छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ