साउन २७ बीरगञ्ज । पर्सा क्षेत्र नं. एकका सांसद प्रदीप यादवले कोरोना जीतेका छन् ।
उनले कोरोना रिपोर्ट नेगेटिभ आएको र जीत्न सफल भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
घरभित्र आइसोलेट भएर आत्मअनुसाशन कायम गरी सुरक्षित रुपले बसेको र डाक्टरले दिएको सुझाव अनुसार चलेकाले कोरोनालाई जित्न सफल भएको उनले जनाएका छन् । उनले डाक्टरको सुझाव अनुसार सात दिनसम्म अझै घरकै आइसोलेसनमा बस्ने बताए ।
मानवजातिमाथि आएको कोरोना संकट छिटै समाप्त होस् भन्ने श्रीकृष्ण जन्माष्टमीको विशेष अवसरमा इश्वरसंग प्राथना गर्दछु , उनले भनेका छन् ।
साउन १६ गते साँसद यादबमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीसगँै उनका सवारी चालक र सुरक्षाकर्मी पनि संक्रमित भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline