साउन २७ डोटी । अविरल बर्षाका कारण डोटीको आदर्श गाउँपालिका–१ बाझककानी, खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
घरले किचेर अन्य ५ जना घाईते भएका छन् । गएराति १ बजेतिर लोगे लुहारको घर भत्किएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा लुहारकी पत्नी २६ वर्षीया बिष्ना, छोरा ९ वर्षीय पारस र छोरीहरू ४ वर्षीया सिरु र ९ महिने कटी विक रहेका छन् ।
घाईते सबैलाई उपचारका लागि शैलेस्वरी अस्पताल पठाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline