नेपालमा ७० प्रतिशत भन्दा बढीले जीते कोरोना, निको हुने दरमा भारत भन्दा अगाडी

नेपालमा ७० प्रतिशत भन्दा बढीले जीते कोरोना, निको हुने दरमा भारत भन्दा अगाडी

  • सोमवार, साउन २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

साउन २६ काठमाण्डौं । नेपालमा कोरोना संक्रमण दिन दिनै बढी रहे पनि निको हुने क्रम पनि बढेकै छ । नेपालमा यस अघि ७२ प्रतिशत बढी कोरोना संक्रमित डिस्चार्ज भए पनि अहिले भने केही घटेर ७०.७ प्रतिशत रहेको छ । यो पनि भारतको तुलनामा बढी देखिन्छ । भारतमा ६८ प्रतिशत संक्रमित निको भएका छन् ।
नेपालमा अहिले सम्म कुल संक्रमित २३ हजार ३ सय १० मध्य १६ हजार ४ सय ९३ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । आज मात्रै नेपालमा एक सय ४० जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । अब उपचारको क्रममा रहेका सक्रिय संक्रमित ६ हजार ७ सय ३८ रहेको छ ।
नेपालमा प्रति दश लाख १५ हजार ४ सय ९३ जनाको कोरोना परीक्षण भएको छ ।
हाल सम्म जम्मा ४ लाख ५२ हजार २ सय ३६ जनाको पिसिआर परीक्षण भएको छ । नेपालले आरडीटी परीक्षण रोकिसकेको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ जना पुगेको छ । नेपाल विश्वको कोरोना संक्रमित देशहरुको सूचीमा ६५ नम्बरमा रहेको छ ।
विश्वमा आज सम्म २ करोड २६ लाख ४ सय ३४ बढी संक्रमित छन् भने ७ लाख ३४ हजार २८ बढीको मृत्यु भईसकेको छ भने एक करोड २९ लाख ७८ी निको भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ