नेपालमा आज ३ सय ३८ संक्रमित थपिए, कुल २३ हजार ३ सय १० पुग्यो

नेपालमा आज ३ सय ३८ संक्रमित थपिए, कुल २३ हजार ३ सय १० पुग्यो

  • सोमवार, साउन २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

साउन २६ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमित बढ्ने क्रम रोकिएको छैन । यसै क्रममा आज ३ सय ३८ संक्रमित थपिएका छन् । देशभर ३७ वटा प्रयोगशालामा ८ हजार ४ सय ३२ जनाको पिसीआर परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् ।
यो सगैँ नेपालमा कुल संक्रमितको संख्या २३ हजार ३१० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा हाल सम्म १६ हजार ४ सय ९३ जना कोरोना मुक्त भएका छन् । आज मात्रै एक सय ४० जनाले कोरोना जीतेका छन् ।
अब देशभर ६ हजार ७ सय ३८ जना सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टाईनमा १० हजार ७ सय ५९ जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ