वीरगंजको निजी अस्पतालहरुमा मानवता हरायो,उपचारको अभावका एक हप्तामा ६ जनाको मृत्यु

वीरगंजको निजी अस्पतालहरुमा मानवता हरायो,उपचारको अभावका एक हप्तामा ६ जनाको मृत्यु

  • आइतवार, साउन २५, २०७७
  • दिपक चौरसिया

  • 18K
    SHARES

पर्सा २५ साउन । पर्सा जिल्लामा रहेको प्राईभेट अस्पतालहरुले समयमै उपचार नगरेको कारण दिन प्रतिदिन सर्वसाधारणहरुको ज्यान गईरहेकोमा स्थानियबासीहरु आक्रोशित बनेका छन् । गत हप्तामा उपचार नपाएकै कारण आधा दर्जन सर्वसाधारणको ज्यान गएको छ । गत शुक्रवार राति उपचार अभावमा २० वर्षीय युवती, ५१ वर्षीय महिला र ६० वर्षीय वृद्धको ज्यान गएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालले कोरोना भाइरसको आशंका गरी उपचार गर्न नमान्दा तीनै जनको ज्यान गएको जनाईएको छ । गएराति १२।३० बजे सिकिस्त भएर उपचारका लागि नेशनल मेडिकल कलेज लगिएकी २० वर्षीय युवतीको अकालमै ज्यान गयो ।


नेशनल मेडिकल कलेजले उपचार गर्न नमानेपछि नारायणी अस्पताल लगिएकी उनलाई प्रोटोकलको कारण देखाउँदै भर्ना लिइएन । स्वासप्रश्वास र ज्वरोको बिरामीलाई भर्ना लिन मिल्दैन भन्दै उनलाई फर्काईएको थियो । रातिको १ बजे बिरामीको अवस्था झनै सिकिस्त हुन थाले पछि अटोमै राखेर बीरगंजको बहुअरीमा रहेको बीरगन्ज हेल्थ केयर अस्पताल लगियो । तर, त्यहाँ पनि उनको उपचार भएन । रातभरी विभिन्न अस्पतालहरुमा घुमाउदा पनि उपचार गर्न नमानेपछि अन्तयमा डा। उदय सिंहलाई सम्पर्क गरेपछि जेनतेन गण्डक अस्पतालमा उपचार हुने पक्का भयो । तर, अफसोच उनलाई बचाउन सकिएन ।


एड्भान्सबाट सुरु भएको उनको उपचार प्राप्तीको यात्रा बयोधा, तराई अस्पताल, भवानी , नेशनल मेडिकल, नारायणी, बीरगंज हेल्थ केयर हुँदै गण्ड्क पुगेर राति २ बजेर १२ मा मृत्यु भएको थियो ।
त्यस्तै उपचार अभावमै गएराति नै थप एक जना महिलाको ज्यान गएको छ । हृदयघातबाट ग्रस्त उनलाई यहाँका अस्पतालहरुले उपचार गर्न नमानेपछि उनको ज्यान गएको युवा अभियन्ता सौरभ साहले समाजिक सञ्जालमार्फत जनाएका छन् । पिसिआर रिपोर्ट नेगेटिभ आएपनि उनलाई यहाँका अस्पतालवालाहरुले भर्ना लिन मानेनन् । बयोधा, नारायणी, नेशनल मेडिकल, तराई लगायतका अस्पतालमा विभिन्न कारण देखाउँदै उपचार गर्न नमानेपछि उनको ज्यान गएको हो ।


यस्तै बीरगन्ज महानगरपालिका राधेमाई निवासी एक ६० बर्षिय वृद्धाको उपचार अभावमा मृत्यु भएको सांसद प्रदिप यादवले बताएका छन् । दमको बिरामी रहेकी वृद्धाको स्वास्थ्य अवस्था विग्रिए पछि उपचारको लागि आफ्न्तहरुले बीरगंजको तराई हस्पिटलमा लगेका थिए । अस्पताले भर्ना लिन अस्विकार गरे पछि उनलाई नेशनल मेडिकल कलेजमा पु¥याएको थियो । तर शिक्षण अस्पताले समेत भर्ना नलिए पछि अन्तमा उनलाई नारायणी अस्पतालमा पु¥याइएको थियो ।


नारायणी अस्पतालले समेत भर्ना लिन ढिलाई गरेको तथा इमरजेन्सी वार्डमा लगेको केहि बेरमै उनको मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले बिरामीका स्वास्थ्य प्रति गम्भीर हुन जारी गरेको आदेशलाई अस्विकार गर्दै यहाँका निजी तथा सरकारी अस्पतालहरुले बिरामीको उपचार गर्न अझै मानेका छैनन् ।
संकटकालको अवस्थामा पनि नेपालको संविधानको धारा १६ मा उल्लेखित प्रत्येक व्यक्तिको सम्मानपूर्वक बस्न पाउने हक र धारा ३५ मा उल्लेखित प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने हक निलम्बन गर्न नसकिने संवैधानिक व्यवस्था हुँदाहुँदै पनि यहाँका अस्पतालहरुको लापरवाही रोकिएको छैन ।
यसरी वीरगंजका अधिकांश अस्पतालहरुले उपचार गर्न नमान्दा मृत्यु हुनेको संख्या बढदै गएको छ । यसमा सम्बन्धित निकायको ध्यान पुग्न जरुरी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ