गौतम बुद्ध महान भारतीय भएको विदेशमन्त्री जय शंकरको दावी

गौतम बुद्ध महान भारतीय भएको विदेशमन्त्री जय शंकरको दावी

  • आइतवार, साउन २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

एजेन्सी साउन २४ । भगवान गौतम बुद्धको जन्म भारतमा भएको भन्दै झुट्टो दाबी गर्दै आएको भारतले पुनः गौतम बुद्ध महान भारतीय भएको भन्दै अफबाह फैलाउने प्रयास गरेको छ ।

भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतीय भएको दाबी गरेका छन् । भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा शनिबार आयोजित इण्डिया एट ७५ भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा जयशंकरले त्यस्तो दावी गरे ।
गौतम बुद्ध र महात्मा गान्धीलाई विश्वले महान भारतीय भनेर चिन्ने उनले जिकिर गरे । जब कि गौतम बुद्ध नेपालमा जन्मिएको भनेर संसारभर जानकारी छ ।
मोदीले नेपाल आउदा बुद्ध भूमि भन्ने तर भारत मा हुदाँ बुद्ध भारतमा जन्मेको भनेर प्रचार गर्ने गरेका थिए । उनकै सरकारका विदेश मन्त्रीको यो अभिव्यक्तिले बुद्ध सम्बन्धि गतल दाबी गर्ने प्रयत्न भारतले छाडेको छैन भन्ने देखिएको छ ।
पटक पटक भारतीय दुतावास र भारतीय अधिकारीहरुले नै बुद्ध नेपालमा जन्मिएको भनेर स्पष्ट पार्दै आए पनि राजनीतिक फाईदाका लागि भारतीय सरकारले बेला बेला बुद्धको जन्मथलो विवादमा ल्याउने गरेका छन् ।
नेपाल सगँ पछिल्लो समय लिपुलेक, कालापानी, लिम्पियाधुराको सीमा विवाद रहेको र त्यसमा भारतले वार्ता समेत गर्न नचाहेका बेला केही समय पहिला देखि रामको जन्मभूमि सम्बन्धि नेपालका प्रधानमन्त्रीले बताए पछि भारतले विरोध गर्दै आएको थियो ।
नेपालको अयोध्यापुरीमा रामको जन्म भएको दाबी सहित नेपालले मन्दिर निर्माणको तयारी शुरु गरेको छ ।
भारतले भन्ने गरेको अयोध्यामा भने मुस्लिम समुदायसगँ विवाद रहेको छ । उनीहरुले त्याहाँ मस्जिद रहेको दाबी गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ