साउन २५ बुटवल । प्रदेश ५ की सांसद कृष्णा केसीले आफू कोरोना संक्रमित भएको बताएकी छन् ।
बाँकेबाट प्रदेशसभामा सदस्य भएकी उनमा पीसीआर परीक्षणका क्रममा शनिबार कोरोना पोजेटिभ देखिएको हो।
सांसद केसीले आफू कोरोना पोजेटिभ भएको र आफूसँग सम्पर्कमा आएकालाई परीक्षण गर्दै सचेत हुन सामाजिक सञ्जालबाट आह्वान गरेकी छन्। निर्वाचन क्षेत्रमा कोरोनाविरूद्ध काम गरिरहदा संक्रमित भएको हुन सक्ने उनले बताएकी छन्।

प्रदेशमा कोरोनाबाट १३ जनाको मृत्यु भएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline