पर्सामा फेरी अर्का मेयर सहित ५५ जनामा कोरोना संक्रमण पुष्टी

पर्सामा फेरी अर्का मेयर सहित ५५ जनामा कोरोना संक्रमण पुष्टी

  • शनिबार, साउन २४, २०७७
  • दिपक चौरसिया

  • 11.4K
    SHARES

साउन २४ बीरगञ्ज । कोरोना महामारीले आक्रान्त बनाईरहेको पर्सामा आज थप ५ जना संक्रमित भएका छन् । बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरुको स्वाबको नतिजा गएराति आएको थियो । एक जना संक्रमित सर्लाही र ३ जना बाराका बासिन्दा हुन् । ५५ जना मध्य १० जनामा ज्वरो सहितको लक्षण देखिएको छ ।
नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा।मदनकुमार उपाध्यायका अनुसार संक्रमित मध्य ८ जना महिला रहेका छन् ।

बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहले गत साउन २१ मा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वैरियाविर्तामा स्वाब परीक्षणका लागि दिएका थिए । उक्त विद्यालयमा स्वाब दिएका मेयरसहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालाका एक स्टाफमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस अघि पर्सा एक का सांसद प्रदीप यादव, बीरगञ्ज महानगरका मेयर बिजय सराबगी पनि संक्रमित भएका थिए ।

छिपहरमाई गाउँपालिका–५ भिस्वाका दुई जनामा पनि कोरोना पुष्टि भएको छ । अन्य संक्रमित हुनेहरुमा वीरगन्ज आदर्शनगरका ६ जना, श्रीपुरका ४ जना, मुर्लीका २ जना, नगवाका ४ जना, रेशमकोठीका एक र विर्ताका एक जना रहेका छन् ।
पर्सामा हाल सम्म ६ सय जना बढी कोरोना संक्रमित पुगेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ