साउन २४ काठमाण्डौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा मुसलमानहरुको बिरोधका बीच राम मन्दिर सिलन्यास गरे पछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि राम जन्मभूमि नेपालकै अयोध्यापुरीमा भएको कुराको बारेमा थप अध्ययन अनुसन्धानको काम अघि बढाउन सक्रिय बनेका छन् ।
प्रधानमन्त्री ओलीले रामजन्मभूमि अयोध्याका विषयमा शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष तथा नगरका प्रवक्ता शिवहरि सुवेदीलाई टेलिफोन अयोध्या पुरीका बारेमा अध्ययन अनुसन्धान गर्न सुझाव दिदै आफूले पनि धेरै कुरा अध्ययन गरेको र जानकारी पाएको भन्दै टोलीलाई नै काठमाण्डौं बोलाएका छन् ।
सुवेदी सहित सात जनाको टोली अहिले काठमाण्डौ आईरहेको छ । टोली काठमाण्डौ आउनासाथ सोझै बालुवाटार पुगेर प्रधानमन्त्रीसगँ टलफल गर्ने अध्यक्ष सुवेदीले मिर्मिरेलाई जानकारी दिए ।
प्रधानमन्त्रीले त्याहाँका ऐतिहासिक सन्दर्भ र संरचना के के छ कसरी बनेको छ ? जस्ता बिषयमा छलफल गरेर ठोस योजना बनाउन लगाउने बुझिएको छ ।
ठोरीका जनताले समेत रामको जन्मभूमि यहीनै भएको यस अघि नै प्रतिकृया दिईसकेका छन् ।
केही समय अघि भानु जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले राम नेपालमै जन्मिएको र सक्कलि अयोध्या नेपालमै भएको बताए पछि भारतमा विरोध भएको थियो ।
त्यस पछि हालै प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर शिलन्यास गरेका छन् । पहिला बाबरी मस्जिद रहेको सो अयोध्यामा मन्दिर बनाएको बिषयमा भारतभित्रै मुसलमान संघ संगठनले आपत्ति जनाउदै त्यसलाई भत्काएर मस्जिद बनाउने धम्की दिएका छन् ।
प्रधानमन्त्रीले आफूले अयोध्याका बारेमा अध्ययन गर्दा प्रमाण बलियो भेटिएको तथा सोमेश्वर गढी, वाल्मिकी आश्रमलगायत स्थानसमेत बलियो आधार भएको बताउनु भएको सुवेदीले जानकारी दिए ।
हाल माडीमा रहेका धार्मिक सम्पदा र पुरातात्विक सामग्रीको संरक्षण गर्न अनुरोध गर्दै प्रधानमन्त्री ओलीले आउँदो रामनवमी पर्वमा ठूलो पूजा गरी काम शुरु गरिने बताउनु भएको वडाध्यक्ष सुवेदीले बताए । “पुरातत्विक विभागसँग समन्वय गरेर अध्ययन र संरक्षणमा जुट्न प्रधानमन्त्रीको निर्देशन छ”, सुवेदीले भन्नुभयो । हालको वडा नम्बर ९ यसअघिको अयोध्यापुरी गाउँ विकास समितिमा रहेको थियो ।
प्रधानमन्त्री ओलीले बोलाए पछि आज माडीका नगर प्रमुखसहितका प्रतिनिधिलाई भेट बाटोमा आउदै छन् । माडी नगरपालिका प्रमुख ठाकुर ढकाल , वडाध्यक्ष सुवेदी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का माडी अध्यक्ष प्रभु महतो, सचिव नारदमणि पौडेल सहितको टोली प्रधानमन्त्रीलाई भेट्न आईरहेको हो ।
प्रधानमन्त्रीले गत असार २९ गते भानुजयन्तीका दिन राम नेपालकै ठोरी क्षेत्रमा जन्मेको हुन सक्ने अभिव्यक्ति दिएका थिए । माडीको अयोध्यापुरी, वाल्मिकी आश्रम, गोद्धकलगायत क्षेत्रमा पुरानो मुद्रा, इँटा, पुराना भवनका अवशेषजस्ता पुरातात्विक वस्तु भेटिँदै आएको छ ।
यसैबीच आजको भेटमा माडीमा चेपागं बस्तीमा लगाईएको आगो र समस्याको बारेमा समेत प्रधानमन्त्रीले सो टोलीसगँ छलफल गर्ने बुझिएको छ ।