कोरोना भ्याक्सिनको प्रतिक्षा सकिदै, रुसले १२ अगष्टबाट दर्ता गरेर भ्याक्सिन लगाउन शुरु गर्ने

कोरोना भ्याक्सिनको प्रतिक्षा सकिदै, रुसले १२ अगष्टबाट दर्ता गरेर भ्याक्सिन लगाउन शुरु गर्ने

  • शुक्रबार, साउन २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 24.1K
    SHARES

साउन २३ एजेन्सी । दुनियालाई कोरोनाले आक्रान्त पारीरहेका बेला संसारभर प्रतिक्षा गरिएको बिषय हो कोरोनाको भ्याक्सिन । चीन, रुस, अमेरीका, बेलायत, भारत लगायतका देशले कोरोनाको भ्याक्सिन परीक्षण गरीरहेका छन् ।
यी सबै मध्य रुसले सबैलाई उछिन्दै सबै भन्दा पहिला कोरोना भ्याक्सिन दर्ता गर्ने भएको छ । रुसी स्वास्थ्य मन्त्री मिखाईल मुरास्कोले एक अस्पतालको उद्घाटन गर्दै १२ अगष्टमा अर्थात आउने हप्ता विश्वमा पहिलो कोरोना विरुद्धको भ्याक्सिन दर्ता हुने बताए ।
आम मानिसलाई भने अक्टोबर महिनाबाट भ्याक्सिन लगाउन थालिने उनले बताए ।
उपस्वास्थ्य मन्त्री ओलेग ग्रिदनेवले मेडिकल पेशामा रहेका र बरिष्ठ नागरिकहरलाई सबै भन्दा पहिला यो भ्याक्सिन दिईने बताए ।
४२ दिन अघि रुसले परीक्षण गरेको भ्याक्सिन सत प्रतिशत सफल भएको दाबी गरिएको छ । रुसले मस्कोमा रहेको सेनाको ब्यारेकमा ठूलो संख्यामा यो भ्याक्सिन लगाएको र ती सबैमा विना साइड ईफेक्ट रोग प्रतिरोधी क्षमता बढेको र धेरै मानिसहरुले त्यसको पारदर्शी जानकारी लिएको बताएको छ ।
गमलेया नेस्नल सेन्टर फर रिसर्चले यो भ्याक्सिन तयार पारेको हो ।
यो भ्याक्सिन परीक्षण गरिएका मानिसमा रोग प्रतिरोधी क्षमता वृद्धि भएको भनिएको छ ।
रुसले सेप्टेम्बर मात्रामा ठूलो मात्रामा भ्याक्सिन उत्पादन गरेर अक्टोबरबाट सबै जनतालाई दिईने र त्यसको सबै खर्च सरकारले व्यहोर्ने पनि स्पष्ट गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी