कोरोनाको केन्द्र बन्दै बीरगञ्ज , आज ४४ प्रहरी सहित एक सय ४१ जनामा संक्रमण पुष्टी

कोरोनाको केन्द्र बन्दै बीरगञ्ज , आज ४४ प्रहरी सहित एक सय ४१ जनामा संक्रमण पुष्टी

  • शुक्रबार, साउन २३, २०७७
  • दिपक चौरसिया

  • 16K
    SHARES

साउन २३ बीरगञ्ज । कोरोनाको केन्द्र बन्दै गएको बीरगञ्जमा आज थप एक सय ४१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
नारायणी प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
संक्रमित मध्य पर्साका १ सय ३३, बारा का ४ र रौतहट का ४ जना रहेका छन् । २१ जना महिला र १ सय २० जना पुरुष रहेका छन् । ४४ जना जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी छन ।

नयाँ संक्रमितहरु बीरगन्ज महानगरपालिकाका विभिन्न वडाका रहेका छन् । बीरगन्ज महानगरपालिकाको चिनीमिल, श्रीपुर, तेजारथ टोल, गण्डक बहुअरी, मुर्ली, भिस्वा, घडिअर्वा, सबैठवा, पिपरा, रानीघाट, खल्वाटोला श्रीसिया, छपकैया, प्रतिमा चौक, पृथ्वीनगर, गणेश चौक, आदर्शनगर, अलौं, फुलबारी टोल, अशोक वाटिका, भवानीपुर, चण्डाल चौक टोलबाट नयाँ संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै खल्वाटोला श्रीसियाबाट २२ जना संक्रमित थपिएका छन् । त्यस्तै, पर्सागढी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै तराई हस्पिटलका १ जना, पशु अस्पतालका १ जना, सेनाका ५ जना, वीरगंज कारागारका २ जना, नेशनल मेडिकल कलेजका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

पर्सामा लगातार कोरोना संक्रमित मात्र बढेको छैन मृत्यु हुनेको संख्या समेत निरन्तर बढीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ