सरकारले पुनः पूर्ण लकडाउन नगर्ने, यस्ता छन् मन्त्रीपिरषद्का १८ निर्णयहरू 

सरकारले पुनः पूर्ण लकडाउन नगर्ने, यस्ता छन् मन्त्रीपिरषद्का १८ निर्णयहरू 

  • बिहिबार, साउन २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

काठमाडाैं, २२ साउन । मुलुकमा पुनः लकडाउन नहुने भएकाे छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले पूर्ण लकडाउनको विषयमा सरकारले नसोचेको प्रष्ट पारे ।
प्रवक्ता खतिवडाले चैत ११ गतेको जस्तो लकडाउनको बारेमा सरकारले केही पनि नसोचेको बताए । उनले भने, ‘पूर्ण लकडाउन हुन्छ की भनेर त्रस्त हुनुपर्ने अवस्था छैन। शरीर सुरक्षित राखेसँगै पेट पनि पाल्नु पर्ने अवस्था छ।’

मन्त्री खतिवडाले विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को जोखिमको अवस्थालाई हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले लकडाउनको विषयमा निर्णय लिनेसमेत प्रष्ट पारे। ‘कोभिडका कारण लकडाउन गरिरहँदा अरु रोगले नागरिकको मृत्यु नहोस् भन्ने विषयमा सरकार गम्भीर छ’, मन्त्री खतिवडाले भने ।
खतिवडाका अनुसार कोरोना संक्रमणको जोखिम नभएका ठाउँमा खुकुलो पार्ने र संक्रमण बढ्दै गएका ठाउँमा लकडाउनलाई कडा बनाउने तयारी सरकारले गरेको छ।
यस्तै सरकारले रुग्ण उद्योग सम्बन्धमा सुझाव लिन ५ सदस्यीय समिति गठन गरेको छ । साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले रुग्ण उद्योग पहिचान, वर्गीकरण, पुनर्उत्थान, पुनर्निर्माण तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिने गरी दिपक सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको खतिवडाले जानकारी दिए ।
उनका अनुसार बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा सुशील भट्टलाई नियुक्त गर्ने, बेरुजु फर्छ्यौट मूल्यांकन र अनुगमन समितिको सदस्य सचिवमा रमा जोशी दुलाललाई दुई वर्षको लागि मनोनयन गर्ने लगायत १८ वटा निर्णय गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ