कोरोनाबाट वीरगन्जमा थप दुई जनाको मृत्यु

कोरोनाबाट वीरगन्जमा थप दुई जनाको मृत्यु

  • बिहिबार, साउन २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

वीरगन्ज, २२ साउन । काेराेना भाइरसकाे संक्रमण बढीरहेका बेला वीरगन्जमा बिहीबार थप २ जनाको मृत्यु भएको छ। वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएका वीरगन्ज १० आदर्शनगरका ५७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

बिहीबार बिहान ८ बजे मृत्यु भएका ती पुरुषको स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकाेमा उनकाे पीसीआर रिपोर्ट पोजिटिभ आएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिएका छन् ।

मुटुरोगी ती पुरुषमा निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि गत मङगलबार दिउँसो कोभिड अस्पतालमा भर्ना गरिएको थियो।  उपचारकै क्रममा बुधबार राति करिब १० बजेपछि स्वास्थ्य झन् बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनको बिहीबार बिहान साढे ८ बजे मृत्यु भएको कोभिड अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए।

यस्तै गत साउन २० गते राति आफनै घरमा मृत्यु भएका वीरगन्ज ११ मुर्लीका ८० वर्षीय वृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालाबाट बिहीबार साँझ प्राप्त रिपोर्टमा ती वृद्धको पनि पीसीआर रिपोर्ट पाजिटिभ रहेको मेसु उपाध्यायले बताए।

मूर्लीस्थित आफनै घरमा साउन २० गते राति मृत्यु भएका वृद्धको कोरोना परीक्षणका लागि बुधबार बिहान स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पठाइ थियो। योसंगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ