काठमाण्डौं साउन २२ । शुरुमा उपत्यका बाहिर जान हतारिएका थिए नागरिकहरु । तर अहिले फेरी उपत्यका छिर्न । अहिले उपत्यका छिर्नेहरु मध्ये नै उपत्यकामा संक्रमितको सूचीमा उल्लेख्य रहेको देखिएको छ । उपत्यकामा बुधबारएकै दिन १ सय २ जना संक्रमित थपिएकामा धेरै जसो । यीमध्ये अधिकांश उपत्यका बाहिरबाट आएकाहरू हुन् । उपत्यका बाहिरबाट आएकाहरु थिए ।
संक्रमित थपिएसँगै व्यवस्थापन गर्न समस्या भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
मंगलबार थपिएका संक्रमितलाई नै आईसोलेसनमा व्यवस्थापन गरि नसक्दै बुधबार थप संक्रमित बढे पछि करीब २० जनालाई घरमै राखिएको पाईएको छ ।
मंगलबार पनि १५ जना संक्रमित घरैमा बसेका थिए ।
काठमाण्डौमै आईसोलेसनको अभाव देखिए पछि कोरोनाको जोखिम अझै बढ्न सक्ने चिन्ता छाउन थालेको छ ।
नेपालमा हाल सम्म २१ हजार बढी संक्रमित भईसकेका छन् ।