काठमाडौं, २१ साउन । काठमाडौंमा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ।
साउन १९ गते कोरोना पुष्टि भएकी सर्लाही मलंगवा ६ की ६५ वर्षीया महिलाको बुधबार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा मृत्यु भएको हो।
महिला प्रहरी अस्पतालमा साउन १६ गते भर्ना भएकी उनको उपचारकै क्रममा मृत्यु भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालले जानकारी दिनुभयो ।
मनमोहन अस्पतालमा उपचार गराइरहेकी ति महिलामा कोरोनाको लक्षण देखिएपछि प्रहरी अस्पताल रिफर गरिएको थियो।
निमोनियाको उपचार गराइरहेकी महिलामा स्क्रब टाइफस समेत देखिएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिलेसम्म ६० जनाको मात्र मृत्यु भएको औपचारिक जानकारी दिएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline