साउन २१ बिराटनगर । आज मोरङमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर -९ गुद्रि र रंगेली ८ का पुरुष रहेका छन् ।
यो सँगै मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
स्वासप्रश्वासको समस्या भएका विराटनगरका ४५ बर्षे पुरुषको कोसी अस्पतालमा र रंगेलीका पुरुषको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए ।
स्वाब परीक्षणका क्रममा उनीहरुमा कोभिड १९ पोजिटिभ देखिएको डा।दासले बताए । यसअघि मोरङमा २ जनाको मृत्यु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline