साउन २१ काठमाण्डौं । कोरोना संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ ।
वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा आज वीरगन्ज १५ का ४६ वर्षीय पुरुषको मृत्यु भएको हो। उनमा साउन १९ गते राति कोरोना संक्रमण पुष्टि भएको थियो।
यस्तै गत सोमबार राति उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटोमै मृत्यु भएकी पर्साको पोखरीया नगरपालिका ८ की १८ वर्षीया युवतीमा गएराति संक्रमण पुष्टि भएको थियो।
पर्सा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ।
बीरगञ्जमा अझै केही बिरामी आईसीयुमा रहेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline