वीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत पनि संक्रमित , थप एक सय ३३ जना संक्रमित थपिए

वीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत पनि संक्रमित , थप एक सय ३३ जना संक्रमित थपिए

  • बुधबार, साउन २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

वीरगन्ज साउन २१ । कोरोनाको चरम संक्रमण बढीरहेको बीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित एक सय ३३ जनामा संक्रमण पुष्टी भएको छ ।
यस अघि बीरगञ्जका मेयर बिजय सराबगी संक्रमित भएका थिए । नारायणी अस्पतालको प्रयोगशालामा गएराति गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौला, वीरगन्ज कारागारका जेलर श्रवण पोखरेलसहित थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये १७ जना बाराको सिमरा क्‍वारेन्टाइन र बाँकी पर्साका हुन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायका अनुसार संक्रमित मध्य २४ जना महिला रहेका छन् ।
२४ महिलासहित ५ देखि ७४ वर्ष उमेर समूहका १ सय ३३ जना नयाँ संक्रमित थपिएका हुन् । वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाले फ्रन्टलाइनमा काम गर्दागर्दै कोरोना संक्रमित भएको बताए ।
‘साउन १६ मा दिएको स्वाबको नतिजा साउन २० को राति मात्र आएको हो ।

कारागारका जेलर श्रवण पोखरेलले साउन १८ गते दिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको बताए । साउन १२ गतेको स्वाब परीक्षणमा पोखरेलको रिपोर्ट निगेटिभ आएको थियो । त्यसबेला कारागारका २२ जनाले स्वाब परीक्षण गर्न दिएकोमा कैदीबन्दीसहित १३ जनाको पोजिटिभ आएको थियो ।

नेपाली सेनाका ३ जना, वीरगन्ज भन्सारमा खटिएका ३ जना सशस्त्र प्रहरीमा समेत कोरोना देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ