साउन २१ काठमाण्डौं । आम नागरिकलाई सिंहदरबार छिर्न रोक लगाईएको छ । विभिन्न मन्त्रालय र विभागबाट जारी हुने प्रवेश पास रोकिएको छ । सर्वसाधारण सिंहदरबारको ढोकामा पुगेर फिर्ता हुन थालेका छन् ।
संक्रमणको खतरा भन्दै सिंहदरबारमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको गृहमन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले सर्वसाधारणलाई सिंहदरबार प्रवेशका लागि जारी गरिने पास तत्कालका लागि रोकिएको बताएका छन् ।
सरकारी कर्मचारी र अत्यावश्यक सरकारी काम लिएर आउनेलाई मात्रै सिंहदरबार प्रवेश दिइने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline