साउन २१ वीरगन्ज । बीरामी भएर उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएकी एक युवतीमा कोरोना संक्रमण पुष्टी भएको छ ।
नेसनल मेडिकल कलेज वीरगन्जमा उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएकी १८ वर्षीया ती युवतीको ज्यान गएको थियो ।
नारायणी अस्पतालको प्रयोगशालमा गएराति भएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टी भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जनाए ।
पर्साको पोखरिया नगरपालिका–९ की ती युवतीलाई सोमबार पटकपटक बान्ता भएपछि अस्पताल लगिएको थियो ।
साउनमा मात्रै पर्सामा कोरोनाका कारण १३ जनाको मृत्यु भईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline