साउन २० काठमाण्डौं । आन्तरीक विवाद उत्कर्षमा पुगेका बेला लगातार छलफलमा जुटेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल भएको छ ।
हिजो अस्तीको तुलनामा आजको छलफल केही सकारात्मक भएको बताईएको छ ।
आज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र अर्का नेता सुवास नेम्वाङ सहभागी भएका थिए ।
असार १० मा शुरु भएको स्थायी कमिटीको बैठक पटकपटक स्थगन भएको र नियमित कार्यसूचीमा छलफल हुन नसकेका कारण पार्टीमा विवाद कायमै छ ।
पछिल्लो समय यही साउन १३ गतेको पूर्वनिर्धारित स्थायी कमिटीको बैठक स्थगनपछि अध्यक्ष दाहालसहित बहुमत सदस्यको बैठकले अध्यक्ष ओलीसँग संवाद गर्न अध्यक्ष दाहाललाई जिम्मेवारी दिएको थियो ।
ओली केही स्थायी समितिको बैठकमा सहभागी भएका थिएनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline