काठमाडाैं, १९ साउन । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार काठमाडौं ४३, भक्तपुर ५, ललितपुर ३ जना कोरोना संक्रमित थपिएका छन्।
यस्तै सोमबार थप ४१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ। आइतबार मात्रै २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ३५८ रहेको छ । हालसम्म १४ हजार ९ सय ६१ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । ७२.१ प्रतिशत संक्रमित निको भएको प्रवक्ता गौतमले बताए ।
जिल्लागत अनुसार साेमवार संक्रमण देखिनेमा सुनसरीका ५, झापाका १, मोरङका ४६ , झापाका ४, , सिराहका ३, सप्तरीका ५१, महोत्तरीका ३१ , धनुषाका ३०, बाराका ३, पर्साका ७१, भक्तपुरका ५, काठमाडाैंका ४३, ललितपुरका ३, कैलालीका ६७ , कञ्चनपुरका १६, रसुवाका १, बाराका १, रौटहटका २, चितवनका १, गुल्मीका १, सर्लाहीका २, दोलखाका १, कास्कीका ८, स्यांङजाका १, रुपन्देहीका १, बाँकेका ८ ,बर्दियाका १, दाङका १,सुर्खेतका २, दैलेखका २, रुकुम पश्चिमका २ र अछामका ४ जना रहेका छन् ।
मन्त्रालयका अनुुसार सोमबार पीसीआर विधिबाट हालसम्म ३ लाख ९८ हजार ९०७ परीक्षण गरिएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा भने १० हजार ७६८ पीसीआर परीक्षण भएका छन् । त्यसैगरी हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १० हजार ४५२ जना रहेको छ । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ७३२ जना रहेको छ ।