काठमाडौं, १९ साउन । आज थप ४१८ जना कोरोना संक्रमिति थपिएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
उनले हाल मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ३२ रहेको बताए । यो कूल संख्याको २७.६ प्रतिशत हो ।
यस्तै, हालसम्म १४ हजार ९ सय ६१ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । ७२.१ प्रतिशत संक्रमित निको भएको प्रवक्ता गौतमले बताए ।
आइतबार २४६, शनिबार ३१५, शुक्रबार २२४, बिहीबार २७४, बुधबार २१०, मंगलबार ३५३, सोमबार १३९ जनामा कोरोना संक्रमण देखिएको थियो।
हालसम्म ५७ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन्।