रुखा खोकी लागेर सास फेर्न गाह्रो भएका वडा अध्यक्षको अस्पताल नपुग्दै निधन, कोरोनाको आशंका

रुखा खोकी लागेर सास फेर्न गाह्रो भएका वडा अध्यक्षको अस्पताल नपुग्दै निधन, कोरोनाको आशंका

  • सोमवार, साउन १९, २०७७
  • सन्जय सहनी

  • 31.2K
    SHARES

रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीया देवेन्द्र ठाकुरको रुघाखोकी लागेर सास फेर्न गाह्रो भए पछि अस्पताल लैजादै गर्दा बाटोमै निधन भएको छ ।
ज्वरो, रुघा र खोकीले ग्रसित भएर विरामी परेका वडाध्यक्ष ठाकुरलाई श्वास फेर्न समस्या आएपछि आइतबार मध्यरातमा उपचारको लागि गौरस्थित निजी अस्पतालमा ल्याउदै गर्दा उनको बाटोमै ज्यान गएको हो।
स्वास्थमा समस्या आएपछि ३ दिन अघि आरडिटि गर्दा ठाकुरको रिपोर्ट निगेटिभ आएको पूर्व मेडिकल सुपरिटेन्डेन्ट तथा रौतहट नसिँग होमका सञ्चालक एव उहाँकै जेठा दाजु डाक्टर राम शंकर ठाकुरले बताए।
ठाकुरको शब अहिले गौर स्थिति निजि निवासमा राखिएको छ।
वडाध्यक्ष ठाकुर सुगर र प्रेसर पीडित रहेको समेत उनले जानकारी दिए । कन्ट्रयाक ट्रेसिङको आधारमा उनका परिवारहरुको पिसिआर गर्ने तयारी गरिदै छ ।
मृतक वडाध्यक्ष ठाकुरमा कोरोना संक्रमणको आशंका गरिएको छ।
पिसिआर जाचको लागि जिल्ला जन स्वास्थ्य कार्यालयमा जानकारी गराइसकेको र उनको स्वायव संकलनपछि नै अन्तिम संस्कार गरिने डाक्टर ठाकुरले जनाएका छन्।यसै बिच वडा अध्यक्ष ठाकुरको मृत्यु भएपछी इशनाथ नपा कार्यपालिका सदस्य सहित सिङ्गो नगरपालिका नै शोकमा डुबेको छ ।

मेयर सन्तोष मेहता र नेकपाका नगर अध्यक्ष मोहन मेहताले एक शोक बिग्यप्ती निकाल्दै अध्यक्ष ठाकुरको असामायिक निधन इशनाथ नगरपालिकालाइ ठूलो क्षति भएको बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ