सिन्धुपालचोक साउन १९ । अविरल वर्षाले पहिरो जाँदा मेलम्ची–११ मेलम्ची बजारमा बेपत्ता भएका ८ जनाकै शब फेला परेको छ ।
बिहान करीब २ बजेतिर पहिरोले एउटा घर पुरिदा त्यसमा रहेका मजदुरहरुको मृत्यु भएको हो ।कभर्डहल निर्माण गर्ने कामदार त्याहाँ रहदै आएका थिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गर्ने क्रममा उनीहरु सबै मृत भेटिएका हुन् ।
सिन्धुपालचोककै पाँचपोखरी थाङ्पाल गाउँपालिका २, बरूवामा पहिरोले पुरिंदा एक दम्पत्तिको ज्यान गएको छ ।
पहिरोले पुरिएर ५० वर्षीय यज्ञबहादुर कस्तरी र उनकी ४८ वर्षीया श्रीमती लक्ष्मी शिलवालको मृत्यु भएको हो ।
यस अघि पनि सिन्धुपालचोकमै गएको पहिरोमा वेपत्ता २० जनाको अवस्था अझै पत्तो लाग्न सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline