बीरगञ्जमा कोरोनाको कहर बढ्दै, वडा अध्यक्ष सहित थप ३८ संक्रमित

बीरगञ्जमा कोरोनाको कहर बढ्दै, वडा अध्यक्ष सहित थप ३८ संक्रमित

  • सोमवार, साउन १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

साउन १९ बीरगञ्ज । बीरगञ्ज देशकै सबै भन्दा धेरै कोरोनाको केन्द्र बनिरहेको छ । लगातार जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सहित आम नागरिक समेत संक्रमित हुने क्रम रोकिएको छैन ।
गएरातिको परीक्षणमा वडा अध्यक्ष सहित थप ३८ जना संक्रमित भएका छन् । नारायणी अस्पतालको प्रयोगशालमा आइतबार साँझ गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिकाका– १२ का वडाध्यक्ष रामदरस कुशवाहासहित थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्थायी कोरोना अस्पतलाका इन्चार्ज डा.निरज सिंहका अनुसार आइतबार साँझ गरिएको परीक्षणमा ४ जना महिलासहित २६ देखि ६४ वर्ष उमेर समूहका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित ३ जना बाराका हुन् ।

३८ जना संक्रमितमध्ये वडा ११ श्रीपुरका २७ जना रहेका छन् । शनिबारमात्र सोही वडामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ