साउन १८ काठमाण्डौं । नेकपाको आन्तरीक विवादको समाधान हुने छाँट अझै देखा परेको छैन । असार दोस्रो साता देखि प्रचण्ड, माधव, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिन माग गरेका थिए ।
त्यस पछि त्यसलाई ठाडै अस्वीकार गर्दै संसदको बजेट सत्रको अन्त्य गरेका ओलीले अहिले सम्म पनि आफ्नो अडानबाट टसमस भएका छैनन् ।
असार १० बाट शुरु भएको कतिपय स्थायी समितिको बैठकमा उनी उपस्थित नै भएका छैनन् ।
उनले आज साउन १३ गते पछि पहिलो पटक प्रचण्ड र झलनाथ खनालसगँको भेटमा पनि आफूले दुबै पद नछाड्ने स्पष्ट दोहोर्याएको स्रोतको दाबी छ ।
प्रचण्डले स्वेच्छाले दुई मध्य एक पद छाड्न भनेका थिए । तर ओलीले त्यो नमिल्ने बरु महाधिवेशन छिटौ गरौ भन्ने जवाफ दिए पछि तीन घण्टा लामो छलफल कुनै सहमतिमा पुग्न नसकेको स्रोतले बताएको छ ।
असार १० बाट शुरु भएको स्थायी समितिको बैठक कहिले बस्ने भन्नेमा पनि उनीहरुबीच कुनै सहमति भएको छैन ।
साउन १३ मा ओलीले एक तर्फी बैठक स्थगित गरे पछि प्रचण्डको नेतृत्वमा बालुवाटारमै स्थायी समितिको बैठक राखिएको थियो । जसलाई ओलीले बैठक नभई गुटको भेलाको संज्ञा दिएका छन् ।