साउन १८ काठमाण्डौं । चरम विवादमा रहेको अवस्थामा नेकपाका अध्यक्ष ओली र प्रचण्डबीच फेरी छलफल शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी छलफलमा अर्का बरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी छन् ।
असार १० मा शुरु भएको स्थायी समितिको बैठक निष्कर्षमा नपुग्दै अझै अनिश्चित कालका लागि स्थगित भएको छ ।
साउन १३ गते ओलीले एक तर्फी रुपमा स्थगित गरेको स्थायी समितिको बैठक प्रचण्डको नेतृत्वमा बालुवाटारमै बसेको थियो ।
प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिन प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल , वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायत बहुमत सदस्य स्थायी समिति सदस्यहरुले माग गरे पछि अध्यक्ष ओलीले त्यसलाई अस्वीकार गर्दे स्थायी समितिको बैठकमै आउन छाडेका थिए ।
अहिले पछिल्लो समय केन्द्रीय समितिको बैठक माग गर्दै एक सय ५० बढी केन्द्रीय सदस्यहरुले हस्ताक्षर समेत बुझाएका छन् ।