ईटहरी साउन १८ । आज भोली प्रेम, बिबाह र बिबाह पछिको सम्बन्ध उत्तार चढावमा पुगेका धेरै घटनाहरु समाजमा बढीरहेका छन् । यस्तै मध्य एक बेदनाले भरिएको सुनसरी ईटहरी उपमहानगरपालिका २ देवीथान चोककी एम युवतीले सहनु परेको खुलासा भएको छ । उनले फेसबुकबाट भएको चीनजानका आधारमा प्रेम पछि मागेरै झ्याई झ्याई बिबाह गरे पनि अहिले घरेलु हिंशाको शिकार मात्र हुनु परेको छैन । श्रीमान्कै दबाब कारण पेटको बच्चा खेर गएको छ भने अहिले उल्टै श्रीमान् आशिस्ले उच्च अदालतमा सम्बन्ध बिच्छेदको मुद्धा हाले पछि तनावमा छिन् ती युवती ।
उनको पहिलो बच्चा जन्मने मिति पुगे पछि अस्पताल जान ढिलाई आदि कारणले भयो भने दोस्रो श्रीमान्को दबाबमा उनले औषधी खाएर खेर गयो । अहिले उल्टै बस्न नसक्ने भन्दै जिल्ला अदालत सुनसरीमा आशिषले हालेको सम्बन्ध बिच्छेदको मुद्धा खारेज भए पछि पुनः उच्च अदालत पाटनमा मुद्धा दायर गरेका छन् असार २५ , २०७७ मा । ती युवती जसरी पनि तीनै श्रीमान्लाई अपनाएर जीवन गुजार्न चाहन्छिन् तर श्रीमान् कुनै हालतमा सगैँ बस्न सकिदैन भन्दै डेरै सरेर एक्लै बस्दै आएका छन् । जिन्दगीभर सँगै जिउँने र सँगै मर्ने कसम खाएर प्रेम विवाह गरेका उनीहरुबीचको सम्बन्धमा अहिले तिक्तता आएपछि उनी समस्यामा त छिन् नै । न त उनले परिवारबाट गहिरो सहानुभूति पाएकी छिन्, न त श्रीमानले उनलाई स्वीकार्न नै चाहेका छन् ।
फेसबुकबाट प्रेम हुँदै बिबाह :
सोनिया ( नाम परिवर्तन ) इटहरी – २ स्थित एक उच्च माध्यमिक विद्यालयमा पढ्दै गर्दा फेसबुकमा आसिस घिमिरे नामबाट फेसबुकमा फ्रेन्ड रिक्वेष्ट आयो । उनले शुरुमा त्यसलाई एसेप्ट गरिनन् । तर एक महिना पछि प्रोफाईल हेरेर स्वीकारीन् । त्यस पछि उनको च्याटमा कुराकानी हुन थाल्यो अनि चिनन् रामधुनी १ का आशिष प्याकुरेल ।
चीनजान भएर दिनहु जसो कुराकानी हुन थाले पछि आशिस्ले आफ्नो आमा नभएको बताए । त्यस पछि सोनियाको मन बदलियो । उनले मन मनै सोचिन् एउटा आमा नभएको मान्छेलाई मैले सहारा दिनु पर्छ भनेर सोचिन् । त्यस पछि उनीहरुबीच ७२ सालबाट प्रेम शुरु भयो । भेटघाट हुन थाल्यो । उनले शुरुमा आफूलाई बाउ आमाले दिने खर्च पनि केही आशिस्लाई सहयोग गर्न थालिन् अनि असीम प्रेम पनि गर्न थालिन् ।
करीब २ बर्षको प्रेम पछि घरमै मागेर ईन्गेजमेन्टर गरेर उनीहरुले सालमा बिबाह गरे । एक बर्ष सम्म उनीहरुको राम्रै सम्बन्ध रह्यो । त्यस पछि बिस्तारै किच किच शुरु भयो । पीडित् सोनीया भन्छिन्, श्रीमान् श्रीमतिबीच सामान्य झगडा त हुन्छ स्भाविक हो तर जीवनको खुसी नै खोसिने गरी भएको घटनाले उनको मन अझै छट्पटि रहन्छ । आशिस् नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीको एजेष्ट पनि रहेको खुलेको छ भने उनको आफ्नै सजिर्कल सप्लाई सम्बन्धि कम्पनी पनि रहेको छ काठमाण्डौंमा ।
जब पेटको बच्चा जन्मिनु अघि खेर गयो….
बिबाह पछि ती महिला गर्ववती भईन् करीब डेड बर्षमा । त्यसले उनी खुसी थिईन् । तर जब ७६ साल शायद बैशाख तिर बच्चा जन्मिने बेला आउदै थियो । उनलाई अस्पताल लान आशिस्ले आनाकानी गर्दै थिए । धेरै जसो उनी आफ्नै माईतकी दाजु नवराजलाई बोलाएर अस्पताल जाने गर्थिन् । तर अन्तिममा बच्चा जन्मिने ब्यथा लाग्यो । रुई कराई गर्न थालिन् तर श्रीमान् मदिरा सेवन गरेर सुतेकाले अस्पताल समयमै लगेनन् । परिणाम स्वरुप जन्मिनु अघिको बच्चा खेर गयो ।
त्यस पछि उनीलाई धेरै शारीरीक र मनमा पनि पीडा भयो । फेरी तीन महिना पछि असारमै पेटमा दोस्रो गर्भ रह्यो । त्यो कुरा साउन महिनामा पत्ता लागे पछि उनले श्रीमान् आशिषलाई शेयर गरिन् ।
त्यस पछि आशिषले यो पुरानो रगतमा बसेको बच्चा राम्रो हुदैन भन्दै फकाई फुल्याई भदौमा तीन महिनाको बच्चा एबोर्सन गर्न लगाए । त्यसमा पनि उनले नमान्दा नमान्दै आशिसले कन्भिन्स गराएरै छाडे । औषधी खायौ ? ब्लिडिंग भयो कि भएन ? भन्दै माया गर्दै सोध्न थाले आशिष्ले । अनि उनले अँ खाँए, ब्लिडिंग भयो भने पछि त्यस पछि फेरी वास्ता गर्न छाडे आसिस्ले । हुनतः पहिलो बच्चा पेटमा आए देखि नै आशिषले उनलाई मानसिक यातना दिन शुरु गरेका थिए ।
वैशाखमा बच्चा खेर गएपछि आफू केही समयपछि घर गएको र पुनः असारमा आफ्नो पेटमा अर्को बच्चा भएको बताउँदै उनले भनिन्, ‘पहिलो बच्चा खेर गयो, श्रीमानले पनि वास्ता गर्नुभएन, अब त राम्रो हुन्छ भन्ने सोचेको थिएँ, मेरो जिन्दगीमा त त्यसपछि झनै खुशी खोसियो ।’ उनले आफ्ना श्रीमान अन्य केटीहरुसँग पनि शारीरिक सम्बन्धमा रहेको थाहा पाएपछि घरमा झगडा हुने गरेको सुनाउँदै अर्को बच्चा एबोर्सन गर्न लगाएको बताईन् ।

युवतीका श्रीमान् आशिष प्याकुरेल
सम्बन्ध बिच्छेद आशिषको अभिष्ट !
आशिष कुनै पनि हालतमा उनीसगँ बस्न चाहन्न भन्दै आएका छन् । यति सम्म कि उनले श्रीमतिका नातेदारहरुसगँको फोनमा र म्यासेजमा समेत कतिपय अपाच्य शब्दहरु प्रयोग गरेर बस्न नसक्ने, तिमीहरुको पावर के छ ? के गर्न सक्छौ गर । म कानुनमा जान्छु भनेको सुन्न सकिन्छ ।
यो फोन रेकर्ड सुन्नुस् आशिस् र उनकी श्रीमतिको दिदीसगँको कुराकानी :
यसैबाट स्पष्ट हुन्छ आशिष ती महिलासगँ सगैँ जीवन बिताउन चाहदैनन् ।
त्यसै भनेर उनले दुई बच्चा खेर गईसके पछि जिल्ला अदालतमा सम्बन्ध बिच्छेदएको एक तर्फी मुद्धा दायर गरे । तर त्यो मुद्धा जिल्ला अदालत सुनसरीले खारेज गरिदियो । त्यस पछि असार २५ गते २०७७ मा उनले पुनः उच्च अदालत पाटनमा अर्को सम्बन्ध बिच्छेदको निवेदन दर्ता गरे । त्यो कुरा उनले श्रीमतिलाई भनेनन् । बरु त्यसको भोली पल्ट सुनसरी सदरमुकाम ईनरुवामा आएर श्रीमतिलाई लैजाने मिलाएर राख्ने भनेर कागज गरे ।
त्यस पछि ती युवती खुसी भईन् अब त श्रीमान्ले लान्छन् होला भन्ने थियो । तर अचानक उच्च अदालत पाटनबाट मुद्धा दर्ता भएको भनेर खबर आए पछि उनी फेरी झस्किईन् ।
उनलाई तिमी माईत गएर बस्दै गर पछि लिन आउछु भनेका आशिषले आफूलाई लैजानु त कता हो कता उल्टै मुद्धा दर्ता गरेको थाहा पाए पछि उनलाई कतिपय बेला एकदम निराशा र जीबन जिउनुको अर्थ पनि नरहेको महसुस् हुन थाल्यो । तर मैले त्यसो गर्नु हुदैन, म मात्र पीडित छैन म संघर्ष अझै गर्छु भनेर उनी लागिरहेकी छन् ।
गत मंसिर १ गते काठमाडौँ जिल्ला अदालतमा श्रीमान आशिष प्याकुरेलले सम्बन्ध बिच्छेदको मुद्दा दायर गरेको भएपनि दाबी नपुगेका कारण मुद्दा खारेज भएको थियो । न्यायधीश नवराज दाहालको इजलाशले मुद्दाका लागि दाबी नपुगेकाले उक्त मुद्दा गत फागुन २८ गते खारेज गरेको थियो ।
सुनसरीका डिएसपी विनोद शर्माको समन्वयमा मिलापत्र भए पनि युवतीको मनमा शान्ति र खुसी छाउन सकेन ।
तेरो माईतीको के पावर छ ? आशिषको चूनौती
तेरो माईतीले के गर्न सक्छ ? के पावर छ ? उनले म्यासेज र फोनमा पटक पटक दिने गरेको धम्कीपूर्ण चेतावनी हो यो । म्यासेजमा पनि हेर्न सकिन्छ र फोनमा पनि गरिएको रेकर्ड सुन्न सकिन्छ ।
उनले त्यति मात्रै हैन बाबुराम प्याकुरेल आशिष्का दाई हुन् उनको नामबाट नक्कली आईडी बनाएर अपाच्य अमर्यादीत शब्दहरु लेखेर म्यासेजमा पठाउन थाले । बाबुराम प्रहरीमै कार्यरत छन् । उनले त्यसो गरेको नहुनु पर्ने हो भन्ने लाग्यो पीडित युवतीलाई त्यही भएर कुरा गरिन् । त्यसो गर्दा पनि त्यस्ता म्यासेज आउन नछाडे पछि उनले साईबर क्राईम अन्तर्गत मुद्धा नै दर्ता गरिन् अनि बाबुराम करीब केही दिन ईनरुवा हिरासतमा पनि राखिए ।
तर बाबुरामले माफी माग्दै बुहारी तमी मेरो बहिनी जस्ती हौ, मेरो भाईनै मुर्ख हो । भनेर याचना गरे पछि उनले बाबुरामलाई लगाएको साईबर क्राईमको मुद्धा फिर्ता लिईन् र बाबुराम छुटे ।
श्रीमान् आशिषकै नाममा रहेको सिमकार्ड उनले चलाउदै थिईन् । त्यसै नम्बरबाट उनले फेसबुक खोलेकी थिईन् । शुरुमा मन मिल्दा दुबै जनाले एक अर्काको फेसबुक खोल्ने चलाउने गर्थे । त्यही कमजोरीको फाईदा उठाउदै आशिष्ले श्रीमतिको फेसबुकबाट अस्लील फोटो र म्यासेजहरु दिदीहरुकोमा पठाएको पीडित युवतीले प्रहरीलाई समेत बयान दिएकी छन् ।
नेपाल लाईफ ईन्स्योरेन्सको काम बाहेक आशिष्को लाईफ लाईन सर्जिकल पनि छन् जसको उनी प्रोपाईटर छन् र शुरुमा श्रीमतिले त्यो व्यवशाय हेर्थिन् ।

‘ म बिरुद्ध सम्बन्ध बिच्छेदको मुद्दा दायर गर्नुभएछ । श्रीमतीले किचकिच गरी म सँगै बस्न सक्दिन भनेर वहाँले म बिरुद्ध मुद्दा हाल्नुभएछ,’ उनले पीडा पोख्दै भनिन् , ‘म माथि घरेलु हिंसा भयो, अहिले मेरो फेसबुक ह्याक गरेर नराम्रो म्यासेज र फोटो पोष्ट गर्ने पनि पाएकी छु ।’ उनले आफू अन्यायमा परेकाले न्यायका लागि जिल्ला अदालत सुनसरीमा घरेलु हिंशा बिरुद्धको कसुरमा मुद्धा दर्ता गरेको बताईन् । उनको मुद्धाको दर्ता नं ३.४.००१० रहेको छ ।
मुद्दा खारेज भएपनि आफू पुनः सम्बन्धमै रहने झिनो आशा ती युवतीले राखेकी छन् । ती युवतीले आफ्नो बेदना सुनाउँदा उनका आँखा भरिएका थिए ।
यता, महिला सञ्जाल इटहरीकी अध्यक्ष विमला ढकालले भने थुप्रै घरेलु हिंसामा परेका महिलाहरुले खुलेर कुरा राख्न नसक्ने गरेको बताईन् ।
आशिस्ले आफू अबिबाहित भन्दै अन्य युवतीसगँ कुरा गर्ने गरेको समेत श्रीमतिले पत्ता लगाईन् । नाम उल्लेख नगर्ने शर्तमा ती युवतीले सबै कुरा बुझे पछि आशिषलाई घृणा गर्ने गरेको सुनाएको पीडित युवतीको कुरा छ ।
अब ती युवतीको आशाको त्यान्द्रो बाँकी भनेको उच्च अदालतबाट पनि सम्बन्ध बिच्छेदको मुद्धा खारेज हुनेछ र प्रहरीमा भएको मिलापत्र अनुसार आफूलाई माईतबाट घर लानेछन् भन्ने रहेको छ तर यी मुद्धाहरु फैसला हुन अझ केही समय लाग्ने बुझिएको छ ।
देशभर यस्ता महिला हिंशाका घटना दिनहुँ बढिरहेका छन् । प्रभावकारी कार्बाही र कानुन कार्यन्वयनको अभावमा कतिपय मामलाहरुमा महिलाहरुले पूर्ण न्याय पाउन सकेको देखिदैन ।
जन्म दिनमा श्रीमान्ले भर्याङबाट हुत्याएर लडाए आशिषले
सर्जिकल ब्ययबशाय, नेपाल लाईफ ईन्स्योरेन्सको राम्रो काम भएकाले आमदानी राम्रो थियो अनि गाडी पनि थियो उनीहरुसगँ । ७६ सालको तिहारको भाईटिकाको भोलीपल्ट आशिष्ले श्रीमतिको सबै कपडा ईमाडोल स्थित उनीहरुको डेराबाट लगेर श्रीमतिका दाई नबराजको डेरा सिंनामंगलमा थाहै नदिई छाडिदिएछन् । त्यसमा पनि उनको चित्त दुख्यो तर उनले गुनासो गरिनन् ।
पछि मंसीर २३ गते श्रीमतीको जन्म दिन थियो । उनको जन्म दिनमा श्रीमान्ले केही रमाईला कुरा गर्ला शुभकामना दिएला, माया गर्ला भन्ने उनलाई लागेको थियो । तर ईमाडोलको डेरामा श्रीमानले भर्याङबाट हुत्याएर लडाएको पीडा युवतीले पोखिन् ।
त्यो पनि सहेर बसेकी उनले मंसीर मसान्तमा जाडो भयो लुगा लिन जान्छु भनेर श्रीमान्लाई भनिन् । उनले ट्याक्सीमा जान्छु भन्दा नातेदार पर्ने गाडी चालकलाई आफ्नै गाडीमा जाउ भने ।
सिनामंगल पुगेर आफू दाईको डेरामा छिरिन् बस्दै गर्नु लुगा लिएर आउछु भनेर । त्यही बेला शिब नामका ती चालकले म अलि परतिर पुगेर आउछु भनेर हिडेका ति फर्केनन् । त्यस पछि उनी पोको पारेको लुगा माईती घरमै छाडेर रुदै रुदै डेरा गईन् ।
ईमाडोलमा रहेको डेरा पुग्दा श्रीमान् आशिस् ताला लगाएर भागिसकेका थिए । उनले भोलि अदालतमा तारिख छ त्यतै भेटौला भनेर म्यासेज भने गरेका रहेछन् । त्यस पछि ती युवतीले प्रहरी बोलाएर ताला तोडेर कोठामा प्रवेश गरिन् । अनि दुई महिना सम्म आशिष्ले एकै रुपैया खर्च पनि दिएनन् । त्यस्तो अवस्थामा ईटहरीबाट आमालाई बोलाएर उनले दुई महिना बिताएकी थिईन् ।
एक पछि अर्को पीडाको श्रृखलाले थिलथिलो महसुस गरेकी ती युवतीले न्याय पाउने आशा अझै मारेकी छैनन् ।