काठमाण्डौं १७ साउन । लकडाउन खुकुलो भएपछि नेपालमा ०.८ प्रतिशतले बृद्धि भएको छ ।
सरकारले लकडाउन खुकुलो हुनु अघिको ११ दिन र लकडाउन खुकुलो भएपछिको ११ दिनको नतिजामा तुलना गर्दा कोरोना संक्रमणको दर ०.८ प्रतिशतले बृद्धि भएको स्वास्थ्य तथा जनसंख्या जन्त्रालयको प्रेस ब्रिफिंगका् क्रममा प्रवक्ता जागेश्वर गौतमले बताउनु भएका हो ।
लकडाउन खुकुलो हुनु अघिको ११ दिनमा गरिएको कुल ४७ हजार आठ सय ७७ नमुना मध्ये एक हजार तिन सय ४५ मा कोरोना पुष्टि भएको , अर्थात २.८ प्रतिशत हो । त्यस्तै लकडाउन खुकुलो भएपछि जम्मा ५८ हजार एक सय ७४ नमुनाको परिक्ष गरिएको मध्य दुई हजार ९२ जनामा कोरोना पुष्टि , जुन कुल परिक्षण गरिएको मध्ये ३.६ प्रतिशत हो ।
लकडाउन खुकुलो हुनु अघिको ११ दिन भन्दा खुकुलो भए पछिको ११ दिनमा दश हजार बढीले परिक्षण दर बढेको प्रवक्ता गौतमले जनाउनुभयो ।
यो नतिजालाइ आधार मान्ने हो भने लकडाउन खुकुलो भएपछि संक्रमण दर बढेको छ ।
हाल नेपालमा पाचँ हनार तिन सय ३८ सक्रिय केश रहेको छ ।