सभामुख अग्निप्रसाद सापकोटाको अगुवा गाडीका सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

सभामुख अग्निप्रसाद सापकोटाको अगुवा गाडीका सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

  • शनिबार, साउन १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं, १७ साउन । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षामा खटिने अगुवा गाडीमा रहने एक सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो दिनमा प्रहरी हेडक्वाटरमा कार्यरत सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि ति सुरक्षाकर्मीको समेत स्वाब संकलन गरेर परीक्षणका लागि दिइएको थियो।

उनको पीसीआर रिपोर्टमा कोरोना संक्रमण देखिएपछि सभामुखको सुरक्षामा खटिएका सुरक्षाकर्मी र निवासमा बस्ने कर्मचारीको स्वाब संकलन गरिएको छ। सभामुखको सुरक्षामा खटिने अगुवा गाडीका सुरक्षाकर्मीसमेत हेडक्वार्टरमै बस्ने गर्छन्।

शुक्रबार सुरक्षाकर्मी र कर्मचारीको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको सभामुख सचिवालयले जानकारी दिएको छ।

सभामुख सचिवालय स्रोतका अनुसार संक्रमण पुष्टि भएका सुरक्षाकर्मी साउन ६ गतेपछि भने निवासमा आएका थिएनन्। सभामुखको अगुवा गाडीमा रहने सुरक्षाकर्मी सवारी हुँदा निवास पुग्ने र अन्य समय हेडक्वार्टरमै बस्ने गर्छन्।

सभामुख निवासका सुरक्षाकर्मी र कर्मचारीको पीसीआर रिपोर्ट शनिबार साँझसम्ममा आउने बताइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ