वीरगन्ज साउन १७ । पर्सा क्षेत्र नं एक बाट निर्वाचित भएर सक्रिय रुपमा खटिरहेका सांसद प्रदीप यादव स्वयं संक्रमित भएका छन् ।
यस अघि भारतलमा अलपत्र नेपाली भेट्न देखि फिल्डमा खटिदै आएका सांसद यादव आफू नै संक्रमित भएको जानकारी आफैले गराएका छन् ।
नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए ।
सांसद यादवले शुक्रबार बिहान परीक्षणका लागि स्वाब दिएका थिए । सांसद यादवका अंगरक्षक र चालकमा पानि कोरोना संक्रमण देखिएको छ ।
संक्रमित हुनेमा थप अर्का एक चिकित्सक समेत रहेका छन् । यस अघि बीरगञ्जका मेयर बिजय सराबगी पनि संक्रमित भएका थिए ।
सांसद यादवले आफूलाई कोरोना संक्रमण भएको आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएका छन् । सो जानकारी दिदै उनले प्रधानमन्त्रीलाई यस अघि पत्र लेखेको , अस्पताल बिस्तार गर्नु पर्ने जस्ता सुझाव दिएका थिए ।
सांसद यादवले लेखेका छन्:
आदरणीय दाजुभाइ दिदिबहिनी १ आज मात्र सम्मानीय प्रधानमन्त्रीज्युलाई मैले पत्रका प्रेषित गर्दै, बीरगन्जमा बढ्दो कोरोना संक्रमणको अवस्थाका बारेमा अवगत गराउनुका साथै मैले बीरगन्ज क्षेत्रमा ५ सय सैयाको अस्पताल, बिज्ञ टोलि पठाउने, समुदायमा जाचको दायरा बढाउनका लागि साधन र जनशक्ति उपलब्ध गराउन र सीमामा आवतजावत रोक्न लागायत माग राखेको छु । उताबाट सकारात्मक संकेत पनि प्राप्त भएको छ । माननीय स्वास्थ्य मन्त्रीज्युसंग पनि सम्वाद गरेको छु । यसै क्रममा मैले आफ्नो एऋच् जाँच गराउदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । अफुलाइ आइसुलेट गरेर अहिले आराममा छु । आ आफ्नो घरभित्र आत्मअनिसाशन कायम गर्दै सुरक्षीत रुपमा बस्न, घरबाट अति आवश्यक रूपमा निस्किनु परेमा बिना मस्क लगाइ न निस्किन र समाजिक दुरी कायम राख्न सबैमा यतिबेला बडा गम्भीरतापुर्वक म आग्रह गर्न चाहन्छु । कोरोनामुक्त भएर मेरो प्राणभन्दा प्यारो जनाताको सेवामा चाडैं फर्किने छु ।

पर्सामा कोरोना समुदाय स्तरमै संक्रमण फलिएको आशका गरिएको छ । कुनै पनि जिल्ला मध्य सबै भन्दा धेरै मृत्यु पनि पर्सामा भएको छ । त्याहाँ करीब एक दर्जन मानिसको ज्यान कोरोनाले लिईसकेको छ ।