विराटनगरको पीयू डिन कार्यालयका कर्मचारी कोरोना संक्रमित, १७ जनाको स्वाब संकलन

विराटनगरको पीयू डिन कार्यालयका कर्मचारी कोरोना संक्रमित, १७ जनाको स्वाब संकलन

  • शुक्रबार, साउन १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

विराटनगर साउन १६ । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत विराटनगरको संकाय डिन कार्यालयमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय नै बन्द भएको छ ।
विराट अस्पतालका कर्मचरीसँग सम्पर्कमा रहेका डिन कार्यालयका मुख्य सहायक कर्मचारीमा संक्रमण पुष्टि भए पछि अन्य १७ जनाको स्वाब संकलन गरिनुका साथै होम क्वारेन्टाईनमै बस्न भनिएको छ ।

संक्रमण पुष्टि भएपछि कर्मचारीलई गोठगाउँस्थित मेडिलक कलेजमा भर्ना गरिएको छ । डिन कार्यालयका १७ जना कर्मचारीको बिहीबार स्वाब संकलन गरिएको डिन बिजु थपलियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत शुक्रबार विराट अस्पतालका स्टाफलाई संक्रमण पुष्टि भएपछि डिन कार्यालयका कर्मचारीले आफ्नो सम्पर्क रहेको जानकारी दिइएका थिए । त्यसपछि उनलाई आईसोलेटेड गरिएको थियो । स्वाब संकलन गरेर परीक्षण गर्दा मंगलबार उनको संक्रमण पुष्टि भएको हो ।
उनमा संक्रमण पुष्टि भएसँगै अन्य कर्मचारीको सम्पर्कका आधारमा स्वाब संकलन गराइएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ