निर्मला हत्याकाण्ड : प्रमाण नष्ट गर्ने प्रहरीले नै पाए सफाई, तर पीडितले न्याय पाएनन् अझै

निर्मला हत्याकाण्ड : प्रमाण नष्ट गर्ने प्रहरीले नै पाए सफाई, तर पीडितले न्याय पाएनन् अझै

  • शुक्रबार, साउन १६, २०७७
  • डम्मर राज भट्ट

  • 16K
    SHARES

कञ्चनपुर, १६ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरी बिरुद्ध दायर भएका दुई मुद्दाको फैसला भएको छ ।
कञ्चनपुर जिल्ला आदालतले आठ जना प्रहरी बिरुद्ध परेका दुई मुद्दाको बिस महिनामा फैसला गरेको हो ।
तत्तकालिन कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज विष्ट, सिआईबीका डिएसपी अंगुर जिसी, अर्का डिएसपी ज्ञान ज्ञान बहादुर सेठी, प्रहरी निरीक्षकद्वय जगदिश प्रशाद भट्ट, एकेन्द्र खडका, प्रहरी नायब निरीक्षकद्वय हरिसिह धामी, रामसिह धामी र प्रहरी जवान चाँदनी साउद बिरुद्ध यातना र सार्वजनिक न्याय कसुर अन्र्तरगत ०७५ मंसिरमा दुुई मुद्दा दायर भएका थिए ।
उक्त मुद्दामा १५ साउन९बिहीबार० जिल्ला आदालत कञ्चनपुरका न्यायाधिश गोपाल प्रशाद बास्तोलाको एकल इजलासले दुवै मुद्दाका प्रतिबादी सबै प्रहरीलाई निर्दोष ठहर गरेकाले उनीहरुलाई सफाई दिएको हो ।
जिल्ला आदालत कञ्चनपुरका श्रेस्तेदार यदुनाथ शर्माले दुवै मुद्दामा आठै जना प्रहरीले सफाई पाएको बताए । प्रमाण नष्ट गर्नुपर्ने अवस्था नदेखिएको, दिलिप विष्टलाई यातना दिनुपर्ने कारण नदेखिएकाले मनगणन्ते आधारमा दायर भएका मुद्दामा वादीले प्रतिवादीलाई लगाएको आरोप लतैबाट पनि पुष्टी नभएपछि उनीहरुलाई सफाई दिएको हो ।
निर्मलाकी आमा दुर्गादेवि पन्त र दिलिपका दाजु खडक सिह विष्टले गैर सरकारी संस्था तत्तकालिन कोक्यापका अध्यक्ष बद्री प्रशाद भुसाल, नेपाल मानव अधिकार संगठनका अध्यक्ष ईन्द अर्याल र सर्वोच्च आदालत बार एसोसिएनका सदस्य पुष्पराज पौडेलको कानुनी सल्लाह सहित केही अधिकारकर्मीको सहयोगमा प्रहरी बिरुद्ध मुद्दा दायर गरेका थिए ।
निर्मलाकी आमा दुर्गाले सार्वजनिक कसुर र ४ भदौँ ०७५ मा निर्मलाको हत्यारा भनि सार्वजनिक गरिएका भीमदत्त नगरपालिका–१९ बागफाँटका दिलिपका दाजु खडक सिह विष्टले प्रहरी बिरुद्ध यातना सम्बन्धी मुद्दा दायर गरेका थिए ।
तत्तकालिन कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी, तत्तकालिन प्रहरी प्रवक्ता ज्ञान बहादुर सेठी र प्रहरी निरिक्षक एकेन्द्र खडका बिरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १६७ को उपदफा १ विपरित कसुर अपराध गरेकाले ऐनको दफा १६७ उपदफा २ र ३ बमोजिम हदैसम्मको कार्बाही गरि ऐनको दफा १६९ बमोजिम क्षतिपूर्ति समेत दिलाईपाउँ भने खडकले मुद्दा दिएका थिए ।
निर्मलाकी आमा दुर्गादेवि पन्तले ८ प्रहरी बिरुद्ध सार्वजनिक न्याय बिरुद्ध कसुर सम्बन्धी मुद्दा दिएकी थिईन् । दुर्गाले तत्तकालिन कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी, तत्कालिन कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी ज्ञान बहादुर सेठी, प्रहरी निरीक्षकद्व एकेन्द्र खडका, जगदिश प्रशाद भट्ट, प्रहरी नायब निरीक्षकद्व रामसिह धामी, हरिसिह धामी र प्रहरी जवान चाँदनी साउद बिरुद्ध मुद्दा दिएका थिईन् ।
घटना १० साउनमा भयो, १ भदौँ ०७५ देखि मुलुकी फौजदारी संहिता कानुन २०७४ आएपछि दुवै मुद्दामा दुविधा बढेको थियो । पुरानै कानुन अनुसार कार्बाही वा नयाँ कानुनमा टिकेर कार्बाही भन्ने विषय विवादित भएको थियो ।
निलम्बनमा परेका आठै प्रहरी बिरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट र दिलिपका दाजु खडका सिह विष्टले यातना बिरुद्धको उजुरी दिएका थिए । तर, निर्मलाकी आमा दुर्गाले प्रहरीले प्रमाण नष्ट नगरेको भन्दै आदालतमा निवेदन दिएकी थिईन् ।
सिआईबीका डिएसपी जिसीले दिलिप विष्ट र उनको घरपरिवारसंग लिएको बयानको भिडियो बाहिरिएपछि दुर्गाले प्रहरी बिरुद्ध दायर गरेको मुद्दामा मुद्दा फिर्ताका लागि भन्दै निवेदन दिएकी थिईन् ।
यस अघि दुवै मुद्दामा आठै जना प्रहरीबाट आदालतले धरौटी लिएको थियो । आठ प्रहरी बिरुद्ध परेका दुई मुद्दाबाट जिल्ला आदालत कञ्चनपुरले ५० लाख धरौटी अशुल गरेको थियो ।
तत्तकालिन कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज विष्टबाट यातना बिरुद्धको मुद्दामा ६ लाख र सार्वजनिक कसुर मुद्दामा साढे चार लाख गरि साढे १० लाख , केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसीबाट यातना ५ लाख र प्रमाण नष्ट ४ लाख गरि ९ लाख, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका पुर्व डिएसपी ज्ञान बहादुर सेठी यातना मुद्दामा ५ लाख र सार्वजनिक कसुरमा ४ गरि ९ लाख, प्रहरी निरिक्षक एकेन्द्र खडकाबाट यातना मुद्दामा ५ लाख र सार्वजनिक कसुरमा ४ गरि ९ लाख धरौटी माग गरेको हो ।
यस्तै सार्वजनिक कसुर मुद्दा अन्र्तरगत प्रहरी निरीक्षक जगदिश भट्ट चार लाख, प्रहरी नायब निरीक्षकद्वय हरसिह धामी ३ लाख ५० हजार, राम सिह धामी तीन लाख र प्रहरी जवान चाँदनी साउदबाट दुई लाख पचास हजार रुपैया धरौटी माग गरेको थियो । यस अघि प्रहरीबाट लिएको धरौटी फिर्ता हुनेछ । यसरी आठ प्रहरी बिरुद्ध दायर गरेको मुद्दाबाट समेत चुरो विषय नखुलेपछि हत्याराको खोजिबिन भन्दा पनि व्यक्तिगत रिसिईबी जस्तै प्रहरीबिरुद्ध खनिदा हत्याराले उम्किने मौका पाएको छ ।
भिड र केही व्यक्तिले अधिकारका नाममा गरेको हल्लाका भरमा अनुसन्धान गर्दा दुई बर्ष प्रहरीले त्यतिकै खेर वितायो । उनीहरु आठ प्रहरीले कुनै व्यक्तिलाई आफ्नो जिवन दाउमा राखेर बचाउनुपर्ने कुनै कारण थिएन् । आठै जना प्रहरी निर्दोष ठहर भएपछि यस अघि प्रहरी बिरुद्ध मुद्दा दायर गरेर मुल मुद्दा डाईभट गरिएको समेत स्थानीयको भनाई छ । स्थानीयले समेत न्यायालयले प्रहरीलाई न्याय दिएको बताएका छन् । केही व्यक्तिले व्यक्तिगत रिसिईबीका कारण प्रहरी बिरुद्ध प्रमाण नष्ट र यातना दिएको आरोप लगाएका थिए । ठिल भएपनि राष्ट्र र जनताका पक्षमा अहोरात्र खटिने प्रहरीलाई न्याय पाईएको कतिपय स्थानीयको भनाई छ । मुल मुद्दा छाडेर सहायक मुद्दमा अल्झिन थालेपछि निर्मलाको वास्तविक हत्यारा दुईबर्षसम्म पनि फेला नपरेको कानुन व्यवसायीको सुुझाव छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ