एमसीसी पास गरिस् भने तेरो टाउको काटिन्छ भन्दै , उद्योगमन्त्री भट्टलाई धम्की

एमसीसी पास गरिस् भने तेरो टाउको काटिन्छ भन्दै , उद्योगमन्त्री भट्टलाई धम्की

  • बिहिबार, साउन १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

साउन १५ काठमाण्डौं । उद्योगमन्त्री लेखराज भट्टलाई ‘एमसीसी’ पारित भएमा टाउको काटीदिन्छु भनेर धम्की आएको बताएका छन् ।

आज प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उहाँले एमसीसी सम्झौता पास गरे जेपनि हुनसक्ने भन्दै बझाङबाट आफूलाई टेलिफोनबाट धम्की आएको जानकारी दिए ।

उद्योगमन्त्री भट्टले बझाङबाट एकजनाले फोन गरेर ‘एमसीसी पास गरे तेरो टाउको काटिन्छ’ भनेको समितिमा जानकारी गराएका हुन् ।

समितिको बैठकमा अरु सांसदले पनि एमसीसी पास गरे जेपनि हुनसक्ने भन्दै आफूहरुलाई पनि धम्की आएको बताएका थिए ।

नेपालले एमसीसीसँग सन् २०१७ सेप्टेम्बरमा करिब ५५ अर्ब रुपैयाँ अनुदानको परियोजना निर्माण गर्ने सम्झौता भएको थियो ।

नेपालले सम्झौतालाई सबै प्रक्रिया पूरा गरेर २०७७ असार १६ गतेबाट कार्यान्वयनमा लाने प्रतिबद्धता जनाएको थियो ।

तर नेकपा भित्रै पनि विवाद र बाहिर पनि चौतर्फी बिरोध भईरहेका कारण यस पटक पनि सदनले एमसीसी अनुमोदन गरेन । अमेरीकाले एमसीसी परियोजना कार्यन्वयनमा चासो व्यक्त गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ