साउन १५ काठमाण्डौं । सरकारले निजी अस्पतालमा कोरोनाको उपचार गराउन चाहनेहरुले गर्न सक्ने व्यवस्था गर्दै शुल्क तोकेको छ । जस अनुसार सामान्य लक्षण भएका बिरामीलाई दैनिक ३५ सय रुपैया, मध्यम खालका बिरामीलाई दैनिक ७ हजार रुपैया र गंभीर बिरामी परेकालाई दैनिक १५ हजार रुपैया लिन पाउने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यस अघि निजी अस्पतालले दैनिक ३१ हजार भन्दा बढी शुल्क लिएको पाईए पछि सरकारले शुल्क तोकेको हो ।
यस्तै निजी अस्पतालले तोकेको परीक्षण शुल्कमा दश प्रतिशत सम्म बढाएर तोकिएका प्रयोगशालामा परीक्षण गर्न पाउने अनुमति दिएको छ ।
तर कतिपय अस्पताल र प्रयोगशालाले परीक्षण नतिजा जथाभावी सार्वजनिक गर्ने गरेको भन्दै त्यस्ता प्रयोगशाला या अस्पतालको स्वीकृति खारेज गर्न सक्ने चेतावनी दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline