प्रहरी प्रधान कार्यालयका थप ९ जना प्रहरीमा कोरोना, ब्यारेक र भान्सा नै सिल

प्रहरी प्रधान कार्यालयका थप ९ जना प्रहरीमा कोरोना, ब्यारेक र भान्सा नै सिल

  • बिहिबार, साउन १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ , १५ साउन । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज थपिएको ९ जनासहित प्रहरी प्रधान कार्यालयमा मात्रै ४४ जना संक्रमित भएका छन् ।
थप ९ जना संक्रमित थपिएको पुष्टि भएको र संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए।

नयाँ थपिएका संक्रमितहरू पनि यसअघि संक्रमण पुष्टि भएका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्। अधिकांश संक्रमितहरू चालक, मेकानिक्स र मेसमा काम गर्ने छन् । मुख्यालयमै संक्रमणको जोखिम बढेपछि थप सतर्कता अपनाइएको उनले बताए । प्रवक्ता कडायतले संक्रमितहरू बस्ने ब्यारेक र भान्सा नै सिल गरिएको पनि जानकारी दिए ।

यस्तै थप कन्ट्याक्ट ट्रेसिङको काम पनि भइरहेको छ। संक्रमित संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

मुख्यालयमा संक्रमण कसरी फैलियो भन्ने कुरा अझै यकिन नभएको पनि उनले बताए । यद्यपी सुरूमा दुई चार जना सुरक्षाकर्मीमा ज्वरो देखिएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। पछि उनीहरूको सम्पर्कमा आएका अन्य कर्मचारीको परीक्षण गर्दा संक्रमित संख्या बढेको हो।

संक्रमितको संख्या बढ्दै गएपछि प्रधान कार्यालयभित्र बाहिरी मानिसको आउजाउमा कडा पारिएको छ । अत्यावश्यक काममा आउनेलाई आवश्यक सुरक्षा मापदण्ड अपनाएर प्रवेश दिइएको एसएसपी कडायतले बताए ।
यसै सातामा भएको परीक्षण अनुसार आइतबार, सोमबार , मंगलबार र बुधबार भित्र ३५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पछिल्ला केहि दिन देखी सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको दर बढिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ