साउन १४ काठमाण्डौं । पर्सामा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । नेसनल मेडिकल कलेजमा उपचाररत् ७० वर्षीय बृद्ध र गण्डक कोभिड अस्पतालमा उपचाररत ६५ वर्षीय पुरूषको कोरोनाले मृत्यु भएको हो ।
तीमध्ये नेसनल मेडिकल कलेजमा बुधबार बिहान मृत्यु भएका पुरूषको भने भर्खरै नतिजा पोजेटिभ आएको हो । गण्डक अस्पतालमा मृत्यु भएका संक्रमितलाई गत साउन ८ गते अस्पताल भर्ना गरिएको थियो। यो सँगै पर्सामा मात्र कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।
(अहिले पनि अस्पतालमा भर्ना गरिएका धेरै संक्रमित लक्षण सहितका छन् । चारजना आईसियुमा रहेका छन। कोभिड अस्पतालमा क्षमताभन्दा बढी संक्रमित भएपछि लक्षण नभएका संक्रमितहरूलाइ सेमि आइसोलेसन सेन्टर र होम आइसोलेसनमा राख्नुपर्ने अवस्था सृजना भएको पर्साका सहायक सिडिओ ललितकुमार बस्नेतले जानकारी दिए ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।