साउन १४ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमितको संख्या बढीरहेको छ । यसै क्रममा आज देशभर २ सय १० जना संक्रमित थपिएका छन् । देशभरका २७ वटा प्रयोगशालामा गरिएका परीक्षणमा ती संक्रमितहरु फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
हिजो ३ सय ११ जना संक्रमित थपिएका थिए । आज हिजोको भन्दा एक सय १ जनाले कमी थपिएका छन् ।
५ हजार ३ सय ६० जना सक्रिय संक्रमित रहेका छन् । आज सम्म १४ हजार २१ जना डिस्चार्ज भएर फर्किएका छन् । आज मात्रै १ सय ४६ जना डिस्चार्ज भएका छन् ।
कोरोनाले नेपालमा ४९ जनाको मृत्यु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline