देउवा बिरुद्ध गठबन्धन बलियो बनाउने पौडेलको कसरत, सानेपामा भेला

देउवा बिरुद्ध गठबन्धन बलियो बनाउने पौडेलको कसरत, सानेपामा भेला

  • बुधबार, साउन १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

साउन १४ ललितपुर । काँग्रेस भित्र फेरी सभापति हुन देउवाले अनुचित काम गरीरहेको भन्दै आफ्नो गठबन्धन बलियो बनाउने कसरतमा पौडेल पक्ष जुटेको छ ।

१४औँ महाधिवेशनबाट अनुचित लाभ उठाउने गरी संगठनमा जथाभावी काम गरेको भन्दै दबाब दिन कांग्रेसमा पौडेल पक्षले सानेपामा भेला आयोजना गरेको छ ।

यसअघि लिखित रूपमा महाधिवेशनलाई प्रभाव पार्ने गरी काम नगर्न ध्यानाकर्षण गराउँदा पनि देउवाले विभाग गठनको प्रक्रिया, सदस्यतामा मनोमानी नरोकेको भन्दै पौडेल पक्षले आफूनिकटका नेताको भेला बोलाएको हो ।

महाधिवेशनको कार्यतालिका आइसकेकोले निर्वाचन आचारसंहिता लाग्ने हुँदा संगठनमा आफू अनुकूल काम गरेर सभापतिले लाभ लिन खोजेको पौडेल पक्षको आरोप छ ।

देउवाको गलत कार्यशैली समेटिएको डकुमेन्ट भेलाबाट पास गराएर देउवालाई लिखित रूपमा बुझाउने तयारी हुदै छ ।

गोविन्दराज जोशीमाथिको कार्बाहीदेखि सुनिल थापालाई काँग्रेस प्रवेश गराउने सम्मका बिषयमा देउवा माथि आलोचना बढीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ