आज १२१ जना कोरोना संक्रमित निकाे भएर घर फर्किए

आज १२१ जना कोरोना संक्रमित निकाे भएर घर फर्किए

  • मङ्लबार, साउन १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडाैं, १३ साउन । आज थप १२१ जना काेराेना संक्रमित निकाे भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १२१ जनाले कोरोना जितेर घर फर्किएकाे बताए ।

योसहित कोरोना जित्नेको कुल संख्या १३ हजार ८७५ पुगेको छ। ।क्वारेन्टाइनमा रहनेको संख्या १५ हजर ३३१ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार १ सय २९ जनाको उपचार भइराखेको छ ।

मंगलबारसम्म कोरोनाका सक्रिय बिरामीको संख्या ५ जहार १सय २९ पुगेको छ। जसमध्ये प्रदेश १ मा २१७ जना, प्रदेश २ मा १ हजार ९ सय २२ जना , बागमती प्रदेशमा ४६१ जना, गण्डकी प्रदेशमा २६० जना , प्रदेश ५ मा ३९९ जना, कर्णाली प्रदेशमा ३७९ जना र सुदूरपश्चिम प्रदेशमा १हजार ५०१ जना रहेका छन्।

यस्तै मंगलबार थप ३११ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ।काठमाडौंका ४८ जना र ललितपुरका ४ जना र भक्तपुरका १ गरी ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १९ हजार ०६३ पुगेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ