आफ्नो निर्णय विपरीत प्रचण्डले स्थायी समिति बैठक राखेको भन्दै ओली राति नै पुगे भैसेपाटी

आफ्नो निर्णय विपरीत प्रचण्डले स्थायी समिति बैठक राखेको भन्दै ओली राति नै पुगे भैसेपाटी

बामदेवलाई फकाउने रणनीति

  • मङ्लबार, साउन १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

काठमाडौं, १३ साउन । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई भेटेका छन् । मंगलवार राति उपाध्यक्ष वामदेव गौतमलाई भेट्न ओली वामदेव निवास भैँसेपाटी पुगेका हुन् ।
ओलीले आज बिहान स्थायी समितिको बैठक स्थगित गरेका थिए । तर ओली एक्लैले बैठक स्थगीत गरेको भन्दै अर्का अध्यक्ष प्रचण्डले स्थायी समिति बैठक राख्नुभएको थियो ।
उक्त बैठकले ओलीलाई बैठकमा सहभागी हुन आग्रह गर्ने निर्णय गरेको थियो ।

बालुवाटारमा नै बसेको स्थायी समिति बैठकमा समेत ओली अनुपस्थित हुँदै अएका थिए । ओली मंगलबार महासचिव विष्णु पौडेलसहित प्रधानमन्त्री ओली गौतम निवास पुगेको स्रोतले जनाएको छ । आफ्नो निर्णय विपरित बैठक पुन सन्चालन गरेपछि ओली गौतमलाई फकाउन उनकै निवास पुगेको पनि सेत बताउछ ।

गौतमले मंगलबारमात्रै विवाद समाधानका लागि भन्दै ६ बुँदै प्रस्ताव दुई अध्यक्षलाई बुझाएका थिए । गौतमले पार्टीमा विग्रह आउन नदिन ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस अवधिभर प्रधानमन्त्री बनाउनेसहित को ६ बुँदे प्रस्ताव बुझाएका थिए ।

पार्टी एकता बचाउन आफूले प्रस्ताव ल्याएको गौतमको दावी छ । गौतमले ६ बुँदे प्रस्ताव ल्याए पनि मंगलबार अध्यक्ष दाहालको अध्यक्षतामा बसेको बहुमत स्थायी कमिटी बैठकमा सहभागि भएर ओलीको आलोचना गरेका थिए । त्यसलगत्तै गौतमलाई फकाउन प्रधानमन्त्री उनको निवास पुगेको स्रोतले बतायो । ओलीको साथमा पत्नी राधिका शाक्य पनि गौतम निवास पुगेकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ